आज नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

वि.सं.२०७८ असोज ९ शनिवार

्काठमाडौ । असोज ९ गते
आज दिउँसो १ बजे नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ । ललितपुरको च्यासलमा रहेको तुलसीलाल प्रतिष्ठानमा बस्नेछ ।
हिजोदेखि सुरु भएको बैठकमा यही असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि तयार पारिएका विभिन्न प्रस्तावमाथि छलफल भइरहेको छ। हिजोको बैठकमा विधान महाधिवेशनमा पेस गरिने प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल सुरु भएको थियो ।आजको बैठकमा १० वटा समूहले आ–आफ्नो समूहको रिपोर्ट प्रस्तुत गर्नेछन् ।
केही विषयमा संशोधन गर्नुपर्ने भएमा संशोधन गर्ने र अध्यक्ष केपी शर्मा ओलीको जवाफसहित प्रस्तावहरु पारित गरेपछि बैठक आजै समापन हुनसक्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
प्रकाशित समय : ०५:५६ बजे