आज एभरेस्ट प्रिमियर लिग (इपिएल)टि–२० क्रिकेट प्रतियोगितामा दुई खेल हुँदै

वि.सं.२०७८ असोज १० आइतवार

काठमाडौं । असोज १० गते
आज एभरेस्ट प्रिमियर लिग (इपिएल)टि–२० क्रिकेट प्रतियोगिताको चौंथो संस्करण दुई खेल हुँदैछन् ।त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स भिड्ने छन् ।
खेल बिहान साढे ९ बजे सुरु हुनेछ । करण केसीको कप्तानीमा मैदान उत्रने विराटनगर सुखद सुरुवातको योजनामा हुनेछ। सोमपाल कामीको कप्तानीमा रहेको चितवन पनि पहिलो खेलमा विजय हासिल गर्ने लक्ष्यमा हुनेछ ।दोस्रो खेल भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।
भैरहवा शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने छ। चितवनको कप्तानी विनोद भण्डारीले गर्नेछन् । दुवै टिम जित हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन् ।
प्रकाशित समय : ०१:५७ बजे