आज नेपाली राष्ट्रिय फुटबल टोली र ओमानबीच मैत्रीपूर्ण खेल हुँदै

वि.सं.२०७८ असोज १० आइतवार

काठमाडौं । असोज १० गते
आज नेपाली राष्ट्रिय फुटबल टोली र ओमानबीच मैत्रीपूर्ण खेल हुँदैछ । दोहास्थित कतार युनिभर्सिटीको मैदानमा नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ।
साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफको तयारीका लागि हाल नेपाली टिम कतारमा प्रशिक्षण गरिरहेको छ। यसभन्दा अगाडि नेपालले घरेलु मैदानमै भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।
प्रकाशित समय : ०४:२५ बजे