कस्तो रहला तपाईको दिन ?हेर्नुहोस् आजको राजिफल

वि.सं.२०७८ असोज ११ सोमवार

काठमाडौं । असोज ११ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज नयाँ कमको थालनी हुने योग रहेको छ भने धार्मिक यात्राको योग छ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुने तथा धन सम्पत्ति पनि हात पर्ला ।
बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज मङ्गल कार्यको योग रहेको छ भने अनुहारमा कान्ति र मनमा शान्ति छाउनुका साथे र्थिक क्षेत्रमा राम्रो सफलता मिल्नुका साथै आतिथ्यपूर्ण सम्मान पाइएला ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज महत्त्व पूर्ण अवसर गुम्न सक्ने योग रहेको छ भने नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला, तर मनोरञ्जनमा सहभागी भइनेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज धार्मिक कार्य सफल नै रहने योग रहेको छ भने प्रेम सम्बन्ध कसिलो हुनुका साथै पुँजी बजको लगानीले पछि लाभ मिल्ने तथा नयाँ ज्ञान सिक्ने मौका मिल्ला ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज आँटेको र ताकेको कार्य पुरा हुनुका साथै ठीक समयमा सही निर्णय लिन सकिने योग रहेको छ भने बोलीको प्रभाव पनि बढ्ने तथा शुभकार्यको चर्चा चल्नेछ ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज दाम्पत्य जीवन सुखमय हुने योग रहेको छ भने वैदेशिक कार्य अघि बढ्नेछ, तर यात्रामा सावधानी अपनाउनु पर्नेछ र तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नुका साथै महत्त्वपूर्ण अवसर गुम्न सक्ने सामान हराउने योग छ, तर विपरीत वर्गबाट विशेष सहयोग पनि मिल्छ ।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज अधुरो काम पूरा हुनुका साथै दाम्पत्य सुखले प्रफुल्लित भइने तथा वैदेशिक कार्य अघि बढ्नुका साथै व्यवसायका लागि यात्राको सम्भावना पनि रहेको छ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज महिला वा मित्रबाट विशेष सहयोग मिल्ने योग रहेको छ भने ठीक समयमा सही निर्णय लिन सकिने तथा राजनैतिक क्षेत्रमा पनि सफलता मिल्नेछ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज आज कुनै कुराले मनमा शान्ति छाउने योग रहेको छ भने आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिने तथा बौद्धिक काममा सफलता पनि मिल्नेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने नयाँ सवारी साधन प्राप्तिको योग छ र राजनैतिक कार्यमा सफलता मिल्ने तथा प्रेमीबाट विशेष सहयोग मिल्नेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज आज प्रेम र मित्रताको बन्धन कसिने योग रहेको छ भने नयाँ कार्यको योजना बन्नुका साथै कार्य सम्पादनमा सहजता मिल्ने तथा दिनको उत्तरार्ध सुखद् रहनेछ ।
प्रकाशित समय : ०१:१४ बजे