परराष्ट्र मन्त्री खड्काले भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता

वि.सं.२०७८ असोज ११ सोमवार

काठमाडौं । असोज ११ गते
आइतबार परराष्ट्र मन्त्री खड्काले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेका छन्।संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका परराष्ट्र मन्त्री नारायण खड्काले साइडलाइन भेटवार्ता पनि जारी राखेका छन्।न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपाली मिसनले जनाएअनुसार दुई मन्त्रीहरू नेपाल–भारतबीचको जारी सहकार्यलाई अझ मजबुद् बनाउन सहमत भएका छन्।
भारतीय विदेश मन्त्री जयशंकरले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत् नेपालका नयाँ समकक्षीसँग भेट गर्न पाउँदा खुसी भएको उल्लेख गर्दै नेपाल–भारतको विशेष सम्बन्धलाई अझ अघि लैजान मिलेर काम गर्न सहमत भएको उल्लेख गरेका छन्।सपथ लिएकै दिन असोज ६ गते न्युयोर्क प्रस्थान गरेका परराष्ट्र मन्त्री खड्काले पहिलो पटक भारतीय समकक्षीसँग भेट गरेका हुन्।
प्रकाशित समय : ०२:३१ बजे