आजदेखि काठमाडौंमा भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै

वि.सं.२०७८ असोज ११ सोमवार

काठमाडौं । असोज ११ गते
आजदेखि काठमाडौं जिल्लामा तीन दिनसम्म कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै छ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, नार्गाजुन नगरपालिका, तार्केश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, टोका नगरपालिका, गोकर्णेश्वर नगरपालिका, शंखरापुर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकामा तोकिएका खोप केन्द्रमा खोप लगाउन आग्रह गरेको छ।
प्रकाशित समय : ०३:५५ बजे