back

जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको प्रधानमन्त्री देउवाको भनाई

काठमाडौं । असोज १३ गते
तराई क्षेत्रमा मनाइने जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई छ । जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुस्वास्थ्य एवम् दीर्घायुको शुभकामना व्यक्त गर्दै उहाँले हाम्रा संस्कृति र संस्कारमा आफ्नो विशिष्ट पहिचानका विशेषता रहेको उल्लेख गर्नु भएको छ ।

उहाँले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण भएको बताउँदै यही सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने पर्वमध्येको एक जितिया पर्व पनि भएको जिकिर गर्नु भएको छ । प्रधानमन्त्री देउवाले यस पर्वले समस्त आमा र सन्ततिबीच माया, प्रेम, समर्पण र वात्सल्यलाई प्रगाढ बनाउने विश्वास व्यक्त गर्नु भएको छ ।

विविध संस्कार, संस्कृति रीतिरिवाज एवं मूल्यमान्यताले जितियालगायत पर्वको विशिष्ट महत्वलाई आत्मसात् गर्दै सरकार यस्ता पर्वको संरक्षण र सम्बर्द्धनमा प्रतिबद्ध रहेको उहाँको भनाइ छ।जितिया पर्व मनाउने सबैलाई एकताबद्ध भई हर्षोल्लासपूर्वक मनाउन आग्रह गर्दै प्रधानमन्त्री देउवाले यस पर्वले आमा र सन्तति बीचको पारस्परिक सद्भाव, मातृत्वपूर्ण सम्बन्ध र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नु भएको छ ।


लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

वि.सं.२०७९ मंसिर १४ बुधवार ०८:२१

बुटवल। लुम्बिनी प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट केही मन्त्रालयहरु दाङ...

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:५९

काठमाडौं । सञ्चारकर्मीसमेत रहेका रंगकर्मी इन्द्र चौधरीको बालकथा ‘नयाँ बनपाले’...

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:४७

  काठमाडौं, १४ मंसिर।  नेपाल पत्रकार महासंघले पूर्वसभापति किशोर नेपालले...

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:३०

काठमाडौं, १४ मंसिर। प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ मतगणना जारी छ ।...

अरबाज खान र जर्जियाको ब्रेकअप

अरबाज खान र जर्जियाको ब्रेकअप

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:२९

मुम्बई, १४ मंसिर । बलिउड अभिनेता, निर्देशक तथा निर्माता अरबाज...

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

वि.सं.२०७९ मंसिर १४ बुधवार ०५:३२

काठमाडौं, १४ मंसिर । चीनको आणविक हतियार सन् २०३५ सम्ममा...