चाडपर्वको बेलामा उपभोक्तालाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन सरकारलाई आग्रह

वि.सं.२०७८ असोज १३ बुधवार

काठमाडौं । असोज १३ गते
चाडपर्वको बेलामा दैनिक खाद्यान्न र उपभोग्य सामग्री उपभोक्तालाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन सरकारलाई प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले निर्देशन दिएको छ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले चाडपर्वको बेलामा दैनिक खाद्यान्न र उपभोग्य सामग्री उपभोक्तालाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो।
प्रकाशित समय : ०१:५५ बजे