पार्टीका महाधिवेशनलाई प्रभावित पार्न वाग्मती प्रदेशमा सत्ताको खेल हुनु दुःखद भएको –डा.शेखर कोइराला

वि.सं.२०७८ असोज १४ बिहीवार

काठमाडौं । असोज १४ गते
पार्टीका महाधिवेशनलाई प्रभावित पार्न वाग्मती प्रदेशमा सत्ताको खेल हुनु दुःखद भएको नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बताउनु भएको छ । उहाँले वाग्मती प्रदेश सरकारमा प्रधानमन्त्री शेरबहादुर देउवाले अढाइ महिना मुख्यमन्त्री मागेको कुराप्रति आफ्नो गम्भीर आपत्ति रहेको जिकिर गर्नु भएको छ ।
आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै नेता कोइरालाले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक भएको भन्दै अस्वीकार्य रहेको बताउनु भएको छ । पार्टीको यस्तो हर्कतले संघीयता धरापमा पर्ने र लोकतन्त्रको धज्जी उड्ने कोइरालाको विश्लेषण छ ।
प्रकाशित समय : ०३:२८ बजे