एनआरएनएका उपाध्यक्ष डा.बद्री केसीले संघको आगामी नेतृत्वको लागि औपचारिक रुपमा उम्मेद्वारी घोषणा गर्दै

वि.सं.२०७८ असोज १५ शुक्रवार

काठमाडौं । असोज १५ गते
गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा.बद्री केसीले संघको आगामी नेतृत्वको लागि औपचारिक रुपमा उम्मेद्वारी घोषणा गर्दै हुनुहुन्छ ।
अक्टुबररमा हुने संघको १०औँ महाधिवेशन तथा विश्वसम्मेलनले नयाँ नेतृत्व चयन गर्दैछ । डा.केसीले आफ्नो टिमसहित उम्मेद्वारी घोषणा गर्न लाग्नु भएको छ ।
समृद्धि र रुपान्तरण, हाम्रो साझा’अभियान भन्ने नारासहित टिम निर्माण गरेका केसीले आगामी मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गर्न लाग्नु भएको हो । आजपत्रकार सम्मेलन मार्फत आगामी दुई वर्षे कार्यकालका लागि आफ्ना प्रतिवद्धता सार्वजनिक गर्ने उहाँले जानकारी दिनु भएको छ ।
प्रकाशित समय : ०३:५१ बजे