एमाले विधान महाधिवेशन बाट : ‘बाधा अड्काउ फुकाउ’ प्रस्ताव पारित

वि.सं.२०७८ असोज १५ शुक्रवार

काठमान्डौ । नेकपा एमालेको विधान महाधिवेशनबाट बाधा अड्काउ फुकाउ प्रस्ताव पारित गरेको छ ।
नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले बाधा अड्काउ फुकाउ प्रस्ताव पेस गरेका छन्। विधान महाधिवेशनले त्यसलाई पारित गरेको हो ।
विष्णु पौडेलले पार्टी विधानको धारा १५ क र धारा १९ क मा उल्लेखित व्यवस्थालाई खारेज गर्दै विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिसम्बन्धी व्यवस्था गरेको बाधा अड्काउ फुकाउ प्रस्ताव पेस गरेका थिए ।
असोज ८ र ९ गते सम्पन्न एमाले केन्द्रीय समिति उक्त प्रस्ताव पेस गर्ने निर्णय गरेको थियो ।
प्रकाशित समय : ०८:५० बजे