नेकपा एकीकृत समाजवादी पार्टीलाई वैध मान्न सकिदै –प्रदीपकुमार ज्ञवाली

वि.सं.२०७८ असोज १६ शनिवार

काठमाडौं । असोज १६ गते
नेकपा एकीकृत समाजवादी पार्टीलाई वैध मान्न नसक्ने नेकपा (एमाले) सचिव प्रदीपकुमार ज्ञवालीको भनाई छ ।
शुक्रबार एमालेको विधान महाधिवेशनको उद्घाटन सत्रपछि गोदावरीमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले एमाले बिभाजन र नेकपा समाजवादीको गठन बिधिसम्वत नभएको र कानूनको बलमिच्चाइले भएको टिप्पणी गर्नु भएको हो ।
पार्टी बिभाजनका बिषयमा कानूनी प्रतिवाद गरिरहेकाले त्यसको निर्णय नआउदासम्म समाजवादी पार्टीलाई वैध मान्न नसक्ने उहाँको भनाई छ ।
उहाँले संसदको गतिरोधका विषयमा प्रधानमन्त्री र सभामुखसँग छलफल गर्न एमाले तयार रहेकोसमेत बताउनु भएको छ ।ज्ञवालीले सत्ता पक्ष र प्रतिपक्षीबीच न्युनतम समझदारी हुनुपर्ने भए पनि सत्तापक्षले तत्परता नदेखाएको आरोप लगाउनु भएको छ । एमालेले सभामुख र प्रधानमन्त्रीले बोलाएको दुबै सर्वदलीय बैठक बहिस्कार गरेको थियो ।
प्रकाशित समय : ०१:४४ बजे