कस्तो रहला तपाईको दिन ? हेनुहोस् आजको राशिफल

वि.सं.२०७८ असोज १७ आइतवार

काठमाडौं । असोज १७ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज अतिथिको रूपमा सत्कार पाइनुका साथै वैदेशिक क्षेत्रबाट सफलता मिल्ने योग रहेको छ भने रमणीय र सुखद् यात्रा हुनुका साथै दाम्पत्य जीवन सुखमय नै हुनेछ ।
बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज नयाँ नयाँ अवसर आउनाले मन प्रसन्न रहने योग रहेको छ भने न्यायिक कार्यमा सफलता मिल्ने तथा धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण पनि हुनसक्छ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरू धेरै भेटिने योग रहेको छ भने लगनशीलताले कामहरू अगाडी बढ्ने तथा सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज धार्मिक कार्यमा रुचि बढ्ने योग रहेको छ भने मनोरञ्जनमा सहभागी भइनुका साथै पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मक नै देखिन्छ ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज दबाब र तनाव बढेको महसुस हुने योग रहेको छ भने अनाबस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला, तर आफन्तको साथ र सहयोग मिल्नेछ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पारिवारिक जीवन सन्तोष प्रदायक नै रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । वैदेशिक कार्य पनि अघि बढ्ला ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज मनमा शान्तिको अनुभूति हुने योग रहेको छ भने पुरानो साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्रा पनि हुनेछ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ र खर्च बढ्ने योग रहेको छ भने आफूलाई कमजोर भएको अनुभूति पनि हुने तथा साँझमा धन हात पर्नसक्छ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुने योग रहेको छ भने रमणीय र सुखद् हुनुका साथै सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज धार्मिक यात्राको योग रहेको छ भने आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नुका साथै बौद्धिक कार्यमा सफलता मिल्ने तथा प्रेमीको सहयोग प्राप्त हुनेछ ।
प्रकाशित समय : ०१:४१ बजे