back

किन पूजिन्छ कुकुरलाई तिहारमा ?

काठमाडैं – तिहारको यमपञ्चकको दोस्रो दिन बुधबार कुकुर तिहार कुकुरको पूजा गरी मनाइएको छ ।
हिन्दु परम्पराअनुसार कात्तिक कृष्ण चर्तुदशीका दिन भैरवको बहान कुकुरको पूजा गर्ने गरिन्छ ।
मानिसको निकट साथीको रुपमा मानिने कुकुर आज्ञाकारी र रक्षक भएकाले यसको पूजा गर्ने प्रचलन रहेको छ ।
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ।


यसैबीच कुकुर तिहारकै अवसरमा नेपाल प्रहरी केन्द्रीय प्रहरीले कुकुर तालिम केन्द्रका कुकुरको विशेष रुपमा पूजा गरेको छ ।


नेपाल प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानका लागि प्रयोग गरेका तालिमप्राप्त कुकुरहरुको पूजा गरेको छ ।नेपाली प्रहरीसँग हाल ८७ वटा कुकुर रहेको छ । जसमध्ये जर्मन सेफर्ड जातको ३६ वटा, ल्याब्राडोर २१, बिगल ५, बेल्जियम सेफर्ड १०, क्रोकर स्पाइनियल १, डच सेफर्ड १ र गोल्डेन रिट्रभर १३ वटा छन् ।


नेपाल प्रहरीमा विसं। २०२६ सालदेखि कुकुरहरुको प्रयोग प्रारम्भ भएको हो । नेपाल प्रहरीले अपराध अनुसन्धानका लागि कुकुरहरुलाई तालिम दिने गर्दछ ।

 


काङ्ग्रेस गुल्मीको अधिवेशनमा पुन.मतदान गर्न देउवा पक्षले माग

काङ्ग्रेस गुल्मीको अधिवेशनमा पुन.मतदान गर्न देउवा पक्षले माग

वि.सं.२०७८ मंसिर १२ आइतवार ०५:५४

काठमाडौं । मंसिर १२ गते आइतबार बिहान पत्रकार सम्मेलन गर्दै...

सार्वजनिक शिक्षाको सुधार र निजी शिक्षाको नियमन आवश्यक भएको शिक्षामन्त्री पौडेलको भनाई

सार्वजनिक शिक्षाको सुधार र निजी शिक्षाको नियमन आवश्यक भएको शिक्षामन्त्री पौडेलको भनाई

वि.सं.२०७८ मंसिर १२ आइतवार ०५:५०

काठमाडौं । मंसिर १२ गते सार्वजनिक शिक्षाको सुधार र निजी...

नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको घनश्याम भुसालको टिप्पणी

नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको घनश्याम भुसालको टिप्पणी

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:४०

काठमाडौं । मंसिर १२ गते नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण...

लोकतन्त्र सुदृढ भइ संविधान कार्यान्वयनमा सहज हुने गृहमन्त्री बालकृष्ण खाणको कथन

लोकतन्त्र सुदृढ भइ संविधान कार्यान्वयनमा सहज हुने गृहमन्त्री बालकृष्ण खाणको कथन

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:३६

काठमाडौं । मंसिर १२ गते नेपाली कांग्रेस बलियो भएमा मात्र...

जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन सक्दैन –अर्थमन्त्री शर्मा

जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन सक्दैन –अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:३१

काठमाडौं । मंसिर १२ गते अर्थमन्त्री जनार्दन शर्माले जनताको सहयोग...

ओलीलाई बाबुराम भट्टराईले दिए स्टालिन र हिटलरको संज्ञा

ओलीलाई बाबुराम भट्टराईले दिए स्टालिन र हिटलरको संज्ञा

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:२४

काठमाडौं । मंसिर १२ गते जनता समाजवादी पार्टी (जसपा) नेपालका...