back

कोरोनाबाट मार्चसम्म युरोप र एसियामा थप ७ लाखको मृत्यु हुनसक्ने डब्ल्युएचओ अनुमान

काठमाडौं । मंसिर ८ गते
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरसबाट युरोप र एसियामा मार्चसम्म थप सात लाख मानिसको मृत्यु हुन सक्ने भन्दै चेतावनी दिएको छ ।सन् २०२२ को २२ मार्चसम्म ४९ देशका अस्पतालका आइसियू बेड कोभिडका बिरामीले भरिने डब्ल्युएचओले चेतावनी दिएको छ । कोरोनाका कारण अहिलेसम्म युरोपमा १५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।पछिल्लो समयमा युरोपमा कोभिड संक्रमण पुनः तीव्र देखिएको छ ।

कोभिडकै कारण अस्ट्रियामा लकडाउन गरिएको छ भने युरोपका अन्य देशहरूले प्रतिबन्धात्मक उपायहरू लागु गरेका छन् । सरकारले लगाएका प्रतिबन्धात्मक व्यवस्थाको विभिन्न देशमा विरोध भइरहेको छ । आंशिक लकडाउन जारी भएपछि नेदरल्यान्ड्समा हिंसात्मक प्रदर्शन भएका छन् ।फ्रान्स, जर्मनी, ग्रीसलगायतका केही देशले आफ्ना नागरिकलाई बुस्टर डोज दिने तयारी गरिरहेका छन् ।

युरोपमा कोभिडबाट दैनिक मृत्यु हुनेको संख्या अहिले चार हजार २०० नाघेको डब्ल्युएचओले जनाएको छ । रसियामा कोभिडबाट दैनिक १२०० को मृत्यु हुने गरेको छ । अझै पनि युरोपको ठूलो जनसंख्याले खोप नलगाएको र डेल्टा भेरियन्टका कारण कोभिडबाट ज्यान जोगाउनेको संख्या बढ्दो छ ।डब्ल्युएचओका युरोप निर्देशक डा. हान्स क्लुग्ले खोप नलगाएका व्यक्तिलाई तत्काल खोप लगाउन आग्रह गरेका छन् ।


आज ओलीले आफूनिकट शीर्ष नेताहरुसँग छलफल गर्दै

आज ओलीले आफूनिकट शीर्ष नेताहरुसँग छलफल गर्दै

वि.सं.२०७८ मंसिर १२ आइतवार ०६:०२

काठमाडौं । मंसिर १२ गते आज नेकपा (एमाले)का अध्यक्ष केपी...

काङ्ग्रेस गुल्मीको अधिवेशनमा पुन.मतदान गर्न देउवा पक्षले माग

काङ्ग्रेस गुल्मीको अधिवेशनमा पुन.मतदान गर्न देउवा पक्षले माग

वि.सं.२०७८ मंसिर १२ आइतवार ०५:५४

काठमाडौं । मंसिर १२ गते आइतबार बिहान पत्रकार सम्मेलन गर्दै...

सार्वजनिक शिक्षाको सुधार र निजी शिक्षाको नियमन आवश्यक भएको शिक्षामन्त्री पौडेलको भनाई

सार्वजनिक शिक्षाको सुधार र निजी शिक्षाको नियमन आवश्यक भएको शिक्षामन्त्री पौडेलको भनाई

वि.सं.२०७८ मंसिर १२ आइतवार ०५:५०

काठमाडौं । मंसिर १२ गते सार्वजनिक शिक्षाको सुधार र निजी...

नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको घनश्याम भुसालको टिप्पणी

नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको घनश्याम भुसालको टिप्पणी

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:४०

काठमाडौं । मंसिर १२ गते नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण...

लोकतन्त्र सुदृढ भइ संविधान कार्यान्वयनमा सहज हुने गृहमन्त्री बालकृष्ण खाणको कथन

लोकतन्त्र सुदृढ भइ संविधान कार्यान्वयनमा सहज हुने गृहमन्त्री बालकृष्ण खाणको कथन

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:३६

काठमाडौं । मंसिर १२ गते नेपाली कांग्रेस बलियो भएमा मात्र...

जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन सक्दैन –अर्थमन्त्री शर्मा

जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन सक्दैन –अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:३१

काठमाडौं । मंसिर १२ गते अर्थमन्त्री जनार्दन शर्माले जनताको सहयोग...