क्रिप्टोकरेन्सी र नेटवर्किङ व्यवसायमा उच्च जोखिम भएकाले लगानी नगर्न सर्वसाधारणलाई नेपाल राष्ट्र बैंकको आग्रह

वि.सं.२०७८ माघ २६ बुधवार

काठमाडौं । माघ २६ गते
क्रिप्टोकरेन्सी र नेटवर्किङ व्यवसायमा उच्च जोखिम भएकाले लगानी नगर्न सर्वसाधारणलाई नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै क्रिप्टोकरेन्सी र पिरामिड शैलीको नेटवर्किङमा आबद्ध हुँदा लगानी डुब्न सक्ने र कानुनी झन्झटसमेत आउन सक्ने भन्दै यसमा नलाग्न सर्वसाधारणलाई आग्रह गरेको हो ।
पछिल्लो दशकमा विश्वव्यापी रुपमा क्रिप्टोकरेन्सीको प्रयोग तथा कारोबार बढ्दै गएपछि स्वदेश तथा विदेशमा रहेका नेपालीहरु पनि यसको कारोबार वा यससँग सम्बन्धित लगानीमा संलग्न रहेको भन्ने सूचना प्राप्त भएको केन्द्रीय बैंकले जनाएको छ ।छोटो अवधिमा उच्च प्रतिफल आउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्किङ व्यवसायमा आबद्ध हुँदा आफ्नो लगानी डुब्ने उच्च जोखिम भएको केन्द्रीय बैंकले जनाएको छ ।
प्रकाशित समय : ०२:५३ बजे