back

गुलमोहरले सजिएका वीरेन्द्रनगरका सडक

काठमाडौं । बैशाख २५ गते
मनै लोभ्याउनेगरी ढकमक्क फुलेका फूल । कर्णालीको राजधानी वीरेन्द्रनगरका सडक यतिखेर रंगिचङ्गी देखिन्छन् छेउछाउमा फूलेका गुलमोहरका कारण ।सडकमा सेल्फी खिच्नेहरु पनि बढेका छन् । सडकका दुई किनारामा लामबद्ध रोपिएका यी फूलले वीरेन्द्रनगरका सडकको सोभा नै बढाएको छ ।कुइनेपानी, घण्टाघर, ईत्राम लगायत विभिन्न ठाउँमा फुलेका गुलमोहरले मोहित बनाएको छ । वसन्त ऋतुमा प्रकृतिले काँचुली फेरेर उमंग ल्याउँछ ।

हरियाली र रंगीचंगी फूलले प्रकृति सिँगारिन्छ । यही मौसममा सडक किनारामा गुलमोहरले वीरेन्द्रनगरलाई थप मनमोहक बनाएको छ । फूलको नजिक गएर फोटो खिच्दा आकाशले नै रातो पछ्यौरी ओढिरहेको भान हुन्छ । प्रकृतिको यति अनुपम दृश्यहरु भने वीरेन्द्रनगरमा सहजै देख्न सकिन्छ । गुलमोहरले कर्णाली प्रदेसको राजधानीको शोभा बढाएको छ ।

गुलमोहरलाई नजिकै गएर निहाल्ने वित्तिकै मनमा नयाँ उल्लास र उर्जा पलाउने वीरेन्द्रनगर ६ का ललित बस्नेत बताउँछन् । गुलमोहर फुलेका बेला निकै आर्कषक देखिने भएकाले यसका विरुवा वीरेन्द्रनगरका अन्य पर्यटकीय स्थलमा पनि लगाइनुपर्ने वीरेन्द्रनगरपालिकाका ३ का रमेश पुलामीको भनाइ छ ।वीरेन्द्रनगरलाई ग्रिन सिटीका रुपमा विकास गर्ने योजना अनुसार नयाँ सडकमा छेउछाउमा पनि वृक्षरोपण गरिरहेको वीरेन्द्रनगर नगपालिकाले जनाएको छ ।

 


गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ –कांग्रेस वरिष्ठ नेता पौडेल

गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ –कांग्रेस वरिष्ठ नेता पौडेल

वि.सं.२०७९ जेठ ९ सोमवार ०९:३८

काठमाडौं । जेठ ९ गते कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले...

कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि.शुल्क एम्बुलेन्स सेवा

कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि.शुल्क एम्बुलेन्स सेवा

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:३५

काठमाडौं । जेठ ९ गते ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्ष पदमा...

काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:१६

काठमाडौं । जेठ ९ गते काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा...

बाराका १५ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

बाराका १५ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:०२

काठमाडौं । जेठ ९ गते १६ वटा स्थानीय तह रहेको...

जिल्ला समन्वय समिति मुगुमा कांग्रेसको एकल बहुमत

जिल्ला समन्वय समिति मुगुमा कांग्रेसको एकल बहुमत

वि.सं.२०७९ जेठ ९ सोमवार ०७:५३

काठमाडौं । जेठ ९ गते जिल्ला समन्वय समिति गठनका लागि...

रौतहटका दुई नगर पालिका प्रमुखमा महिला निर्वाचित

रौतहटका दुई नगर पालिका प्रमुखमा महिला निर्वाचित

वि.सं.२०७९ जेठ ९ सोमवार ०७:११

काठमाडौं । जेठ ९ गते स्थानीय तह निर्वाचन २०७९ मा...