back

मनाङमा सकियो मतगणनाः ४ पालिकामध्ये २ कांग्रेस, २ एमाले

काठमाडौं । बैशाख ३१ गते
मनाङमा मतगणना सकिएको छ । चार पालिका रहेको यहाँ दुईवटाको अध्यक्षमा कांग्रेस र दुई वटामा एमालेका अध्यक्ष विजयी भएका छन् ।नासों गाउँपालिका र नार्पाभूमीमा कांग्रेस विजयी हुँदा चामे र मनाङ ङिस्याङमा एमाले विजयी भएका छन् । नासों गाउँपालिकामा कांग्रेसका धनबहादुर गुरुङले एमालेका मनबहादुर गुरुङलाई पराजित गरेका हुन् ।

नार्पाभूमीमा कांग्रेसका कोन्जो तेन्जिङ लामाले कांग्रेसकै बागी कृष्णबहादुर लामालाई हराएका हुन् ।चामे गाउँपालिकामा एमालेका लोकेन्द्र घलेले कांग्रेसका छिरिङ ध्वर्जे लामालाई पराजित गरे । मनाङ ङिस्याङमा एमालेका कान्छा घलेले कांग्रेसकी छिरिङ ओङमा घलेलाइ पराजित गरेका हुन् ।

कान्छा र लोकेन्द्र दोश्रो पटक पालिका अध्यक्षमा निर्वाचित भएका हुन् । २०७४ को चुनावमा पनि चामे र मनाङ ङिस्याङ एमाले तथा नासों र नार्पाभूमिमा कांग्रेस विजयी भएको थियो ।


गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ –कांग्रेस वरिष्ठ नेता पौडेल

गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ –कांग्रेस वरिष्ठ नेता पौडेल

वि.सं.२०७९ जेठ ९ सोमवार ०९:३८

काठमाडौं । जेठ ९ गते कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले...

कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि.शुल्क एम्बुलेन्स सेवा

कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि.शुल्क एम्बुलेन्स सेवा

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:३५

काठमाडौं । जेठ ९ गते ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्ष पदमा...

काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:१६

काठमाडौं । जेठ ९ गते काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा...

बाराका १५ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

बाराका १५ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:०२

काठमाडौं । जेठ ९ गते १६ वटा स्थानीय तह रहेको...

जिल्ला समन्वय समिति मुगुमा कांग्रेसको एकल बहुमत

जिल्ला समन्वय समिति मुगुमा कांग्रेसको एकल बहुमत

वि.सं.२०७९ जेठ ९ सोमवार ०७:५३

काठमाडौं । जेठ ९ गते जिल्ला समन्वय समिति गठनका लागि...

रौतहटका दुई नगर पालिका प्रमुखमा महिला निर्वाचित

रौतहटका दुई नगर पालिका प्रमुखमा महिला निर्वाचित

वि.सं.२०७९ जेठ ९ सोमवार ०७:११

काठमाडौं । जेठ ९ गते स्थानीय तह निर्वाचन २०७९ मा...