back

रुपन्देहीमा स्थानीय तहको निर्वाचनभन्दा धेरै म्यादी प्रहरी परिचालन

भैरहवा, १३ कात्तिक ।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी पनि परिचालन गरिएको छ । ४ मंसिरमा हुने चुनावका लागि रुपन्देहीमा ३ हजार ९५ म्यादी खटिएका छन् । जसमा ८ सय ६१ महिला र २ हजार २ सय ३४ पुरुष रहेका छन् ।

स्वास्थ्य र शारीरिक तन्दुरुस्ती परीक्षण, शारीरिक व्यायाम परीक्षण, लिखित र अन्तर्वार्ताबाट म्यादी प्रहरी छनोट गरि म्यादी प्रहरी भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

यो संख्या ३० वैशाखमा स्थानीय तहको निर्वाचनमा खटिएको म्यादी प्रहरीको जनशक्तिभन्दा धेरै हो । त्यतिखेर रुपन्देहीमा २ हजार ३ सय ६० म्यादी प्रहरी खटिएका थिए । अहिले यो संख्या ७३५ ले बढेको छ ।

निर्वाचनमा एउटै मतदान केन्द्रमा चार वटा मतपेटिका हुने भएकाले म्यादी प्रहरीको जनशक्ति थपिएको बताइएको छ ।

रुपन्देहीमा २ सय ८ वटा मतदान केन्द्र छन् । त्यहाँको सुरक्षा, कार्यालयको सुरक्षा, गस्ती, मोबाइल गाडी र आवश्यकता अनुसार म्यादी प्रहरीलाई परिचालन गरिने अर्यालले बताए ।


नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०९:४७

काठमाडौं, १५ मंसिर। यसपटकको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका...

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०८:१७

काठमाडौं, १५ मंसिर। क्षमताभन्दा बढी सामान बोक्ने ७५ वटा ट्रक...

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०७:०६

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यथास्थितिमा मुलुकको...

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:५७

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले  अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग...

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:४८

  काठमाडौं, १५ मंसिर  । नेपाल सुनचाँदी व्यवसाय महासघंले बिहीबार सुनको मूल्य ...

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:०१

काठमाडौं, १५ कात्तिक । गायक छवि न्यौपाने र गायिका मेलिना...