back

लोकतन्त्रको स्थायित्वको लागि गठबन्धन आवश्यक छ – प्रधानमन्त्री देउवा

काठमाडौं, १४ कात्तिक । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को निर्वाचनसम्ममा विदेशमा रहेका नेपालीलाई समानुपातिकतर्फ मतदानमा सहभागी गराउन कानुनी व्यवस्था गर्न पहल गरिने बताएका छन् ।देउवाले नेपाली कांग्रेस अन्तर्गतको चुनाव प्रचार–प्रसार समितिले आइतबार आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

देउवाले लोकतन्त्रको स्थायित्वको लागि आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनको जित सुनिश्चित हुनुपर्ने बताए । उनले मंसिर ४ गते हुने निर्वाचनमा सक्रिय रहेर गठबन्धनलाई जिताउन आह्वान गरे । देउवाले आर्थिक समृद्धि र विकासलाई अघि बढाउने जिम्मेवारी नेपाली कांग्रेसमा आएको बताए ।

कार्यक्रममा पार्टी प्रवक्ता डा.प्रकाशसरण महतले गैरआवासीय नेपालीहरूको हितमा नेपाली कांग्रेसले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै गैरआवासीय नेपाली नागरिकताको माग आगामी संसदीय निर्वाचनपछि सम्बोधन हुने बताए ।

उनले नेपालमा लगानी भित्र्याउन आवश्यक ऐन कानुनमा संशोधन गर्न नेपाली कांग्रेसले सहजीकरण गर्ने बताए । डा. महतले कांग्रेसले देशभित्रै रोजगारी सिर्जना गर्ने नीति लिएको दाबी गरे । निर्वाचनपछि पनि नेपाली कांग्रेसकै नेतृत्वमा देशअघि बढ्ने डा.महतको भनाइ थियो ।

कार्यक्रमको संयोजन नेपाली कांग्रेसका केन्द्रीय नेता किरण पौडेलले गरेका थिए । कार्यक्रममा विश्वभर छरिएका नेपाली जनसम्पर्क समितिका पदाधिकारी तथा गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य, उपाध्यक्ष डा. हेमराज शर्मा, पार्टीका केन्द्रीय सदस्यलगायतको बाक्लो उपस्थिति थियो ।


सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ–बाबुराम भट्टराई

सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ–बाबुराम भट्टराई

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:३५

काठमाडौं, १४ मंसिर । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका...

बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज निर्वाचन आयोगको बैठक बस्दै

बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज निर्वाचन आयोगको बैठक बस्दै

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:२५

काठमाडौं, १४ मंसिर । बाजुरा र स्याङ्जा २ मा रोकिएको...

मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल एक्सनमा

मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल एक्सनमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:१८

  काठमाडौं, १४ मंसिर।  काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले...

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:०४

काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा...

कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:५३

  काठमाडौं, १४ मंसिर । परराष्ट्रमन्त्री एवं कांग्रेस नेता नारायण खड्का...

कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:३९

काठमाडौं, १४ मंसिर ।क्रिस्टियन पुलिसिकको निर्णायक खेलमा इरानलाई १–० अन्तरले...