संसदीय दलको नेताको चुनावमा पाएको मत अपेक्षाकृत भएन– गगनकुमार थापा

वि.सं.२०७९ पुस ६ बुधवार

६ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेताको चुनावमा पाएको मत अपेक्षाकृत नभएको बताएका छन् ।आफूले योभन्दा धेरै राम्रो मत पाउने सोचेको उनको भनाइ छ।दलको नेतामा प्रतिस्पर्धा गरेका थापा, सभापति शेरबहादुर देउवासँग ३९ मतान्तरले पराजित भएका थिए । ६४ मतका साथका दलको नेतामा देउवा निर्वाचित हुँदा थापाले २५ मत पाए ।
पराजयपछि गगन थापाले भने थाक्दिनँ, निराश हुन्नँ, अरु मेहनत गर्छु । अरु लाग्छु। संसदीय दलको नेता बदलिनुपर्छ भन्ने मेरो अजेन्डाचाहिँ किन थियो, के कारणले थियो भन्नेचाहिँ थप साथीहरुको बीचमा निरन्तर लगिराख्छु।’
उनले आफूलाई कुनै बिन्दुमा सुखद परिणाम आउने बताए। ‘कुनै एउटा बिन्दु आउँछ, समय आउँछ, त्यतिखेर पार्टीभित्रका बहुसंख्यक साथीहरुले महसुस गर्नुहुन्छ, मनन गर्नुहुन्छ। त्यो बेलामा सुखद परिणाम आउँछ भन्ने अपेक्षा पनि गर्ने हो, प्रयत्न गर्ने हो।’
प्रकाशित समय : ०६:०३ बजे