पार्टीलाई राम्रो रुपमा अघि बढाएर आगामी दिनमा व्यवधानमुक्त राख्नेछु–शेरबहादुर देउवा

वि.सं.२०७९ पुस ६ बुधवार

६ पुस, काठमाडौं । पार्टीलाई व्यवधानमुक्त राख्ने काममा आफू लाग्ने प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बताएका छन् । कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि आज बिहान सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टीलाई व्यवधानमुक्त राख्ने बताएका हुन् ।
सभापति देउवाले आफूलाई नेपाली कांग्रेस संसदीय दलको नेताका रुपमा विजयी गराएकोमा सांसदहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पार्टीलाई राम्रोसँग अघि बढाएर लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताएका छन् ।उनले भने, ‘सबैले मलाई विजयी गराउन मद्दत गर्नुभयो, हार्दिक धन्यवाद छ । यो पार्टीलाई राम्रो रुपमा अघि बढाएर आगामी दिनमा पार्टीलाई व्यवधानमुक्त राख्नेछु ।’
प्रकाशित समय : ०६:५२ बजे