पार्टी बासी सोच र विचारले चल्दैन–अर्जुननरसिंह केसी

वि.सं.२०७९ पुस ६ बुधवार

६ पुस, काठमाडौं । संसदीय दलको निर्वाचनमा आफ्नो समूहबाटै पर्याप्त मत नपाएको बारे छानबिन गरिने नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बताएका छन् । महामन्त्री गगन थापाले आज भएको संसदीय दलको नेताको निर्वाचनमा २५ मत मात्र पाएपछि उनले यस्तो बताएका हुन् ।
केसी, गगन डा.शेखर कोइराला समूहका नेता हुन् । यो समूहकै केही नेताले सभापति शेरबहादुर देउवाको पक्षमा मत हालेको चर्चा छ । केसीले पार्टी पुरानो सोचबाट नचल्ने समेत बताए । “एकता कायम गर्न आवश्यक छ । जनताको अपेक्षा सम्बोधन गर्न नयाँ सोच र व्यवहार नेतृत्वले दिनुपर्छ,” उनले भने ,“एकीकृत गर्दै नयाँ बाटो तय गर्नुपर्छ । पार्टी बासी सोच र विचारले चल्दैन ।”
प्रकाशित समय : ०७:०२ बजे