पाँच वर्षे कार्यकालमा संविधान र संघियताको कार्यान्वयन भएको छ–लालबाबु राउत

वि.सं.२०७९ पुस ६ बुधवार

६ पुस, काठमाडौं । आफनो पाँच वर्षे कार्यकालमा प्रदेश सरकारले मुख्यरुपमा संविधान र संघीयताको सफल कार्यान्वयनका लागि काम गरेको मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको भनाई छ । आफनो पाँच वर्षे कार्यकालको अन्तिम समयमा आएर आज विहान मुख्यमन्त्री निवास मधेश भवनमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन ।
उनले पहिलो पटक प्रदेश सरकार गठन भएको बेला भौतिक संरचनाको साथै कानूनको अभाव भएको अवस्थामा प्रदेश सरकारले आफनो पाँच वर्षे समयमा ५५ वटा ऐन कानून निर्माण गर्नुको साथै संविधान र संघीयताको सफल कार्यान्वयनका लागि विभिन्नखालका संरचनाहरुको निर्माण गरिएको बताएका छन् । यो ।
संविधानको अनुसूचीमा रहेका अधिकारहरु प्रदेशले पाओस्, त्यसका लागि प्रदेश प्रहरी ऐन, सहितका विभिन्न ऐनहरु प्रदेश सरकारले निर्माण गरेर त्यसको कार्यान्वयनका लागि सर्वोच्चमा रिट दर्तासम्मको सफल प्रयासहरु पनि प्रदेश सरकारले गर्दैआएको उने बताए ।
प्रकाशित समय : ०८:१३ बजे