प्रधानमन्त्रीका लागि सभापति देउवा र अध्यक्ष प्रचण्डबीच हानाथाप, कसले मार्ला बाजी ?

वि.सं.२०७९ पुस ७ बिहीवार

७ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भएका छन् । राष्ट्रपतिबाट सरकार गठन आह्वान भएको तेस्रो दिन सभापति देउवा संसदीय दलको नेतामा निर्वाचित भएका हुन । उनले गगन थापालाई ३९ मतान्तरले पराजित गर्दै छैटौंपटक प्रधानमन्त्री बन्ने बाटो खुला बनाएका छन् भने उनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तगारो बनेका छन्, ।
जसरी पनि पहिलो लटमा प्रधानमन्त्री बन्ने चाहना राखेका प्रचण्डले देउवालाई दबाब बढाउँदै लगेका छन् । बुधबार अर्थमन्त्रीसमेत रहेका पार्टीका उपमहासचिव जनार्दन शर्मा प्रचण्डका दूत बनेर बालुवाटार पुगेका थिए । यही गठबन्धनलाई जोगाउँदै नयाँ सरकार बनाउनुपर्ने अर्थमन्त्री शर्माले प्रधानमन्त्री देउवालाई सुझाएका थिए । तर त्यसका लागि प्रचण्डलाई पहिले सरकारको नेतृत्व दिनुपर्ने उनको आग्रह थियो ।प्रचण्डले देउवालाई गलाउनकै निम्ति एमाले कार्ड खेलेको स्रोतको दाबी छ । माओवादी अहिले पनि यही गठबन्धनलाई निरन्तरता दिन चाहेको स्रोतको भनाइ छ ।
प्रकाशित समय : ०३:३४ बजे