गृहमन्त्री लामिछानेले दोहारो नागरिकता लिएर कानून मिचे –भीम रावल

वि.सं.२०७९ माघ ११ बुधवार

काठमाडौं माघ ११ गते । गृहमन्त्री रवि लामिछानेले दोहारो नागरिकता लिएर नेपालको कानून मिचेको नेकपा (एमाले) का नेता भीम रावलले आरोप लगाएका छन् ।आज सामाजिक सञ्जाल मार्फत उनले संविधान बनाउने बेला धेरै बहसपछि नेपालजस्तो देशमा दोहोरो नागरिकता दिन नहुने निष्कर्षका साथ सोहीबमोजिम संवैधानिक व्यवस्था गरिएको बताएका हुन् ।
नेता रावलले गृहमन्त्री रवि लामिछानेजी निमित्त पात्र भएर उक्त संवैधानिक व्यवस्थामा प्वाल पारियो भने देशविरोधी अपराध ठहर्ने बताएका छन् । गृहमन्त्रीबाट कानून मिचिएको उनको आरोप छ । गृहमन्त्री लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ भइरहेको छ ।
प्रकाशित समय : ०८:४२ बजे