back

बागमती प्रदेश सरकारले पयो पूर्णता, नवनियुक्त ८ मन्त्रीले लिए शपथ

काठमाडौं माघ ११ गते । बागमती प्रदेश सरकारले पूर्णता पाएको छ । नवनियुक्त ८ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ११ सदस्यीय मन्त्रिपरिषदमा बाँकी सदस्य नियुक्ति गर्नुका साथै सबै मन्त्रीहरुको जिम्मेवारी पनि तोकेका छन् ।मुख्यमन्त्री जम्मकट्टेलले आज नियुक्त गरेका ८ मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।

जम्कट्टेल मन्त्रिपरिषदमा नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून मन्त्री, माओवादीका युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री र कुमारी मोक्तान सामजिक विकास मन्त्री बनेका छन् । त्यस्तै एमालेका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री बनेका छन् । राप्रपाका उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री, डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री बनेका छन् ।


कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ–शेखर कोइराला

कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ–शेखर कोइराला

वि.सं.२०७९ माघ २३ सोमवार ११:०१

काठमाडौं, माघ २३ गते । काङ्ग्रेस सरकारमा सहभागी नहुने नेपाली...

प्रधानमन्त्री दाहाललाई थप दुई मन्त्रालयको कार्यभार

प्रधानमन्त्री दाहाललाई थप दुई मन्त्रालयको कार्यभार

वि.सं.२०७९ माघ २३ सोमवार १०:२१

काठमाडौं, माघ २३ गते ।राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका...

प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने छ–मन्त्री शर्मा

प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने छ–मन्त्री शर्मा

वि.सं.२०७९ माघ २३ सोमवार ०९:५४

काठमाडौं, माघ २३ गते ।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा...

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको छ –स्वास्थ्यमन्त्री गिरी

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको छ –स्वास्थ्यमन्त्री गिरी

वि.सं.२०७९ माघ २३ सोमवार ०९:३६

काठमाडौं, माघ २३ गते । सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको...

राष्ट्रियसभाको आजको बैठकबाट तीन विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकबाट तीन विधेयक पारित

वि.सं.२०७९ माघ २३ सोमवार ०९:११

काठमाडौं, माघ २३ गते । राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा...

टर्कीमा भूकम्पः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, नेपाली सुरक्षित रहेको एनआरएनएद्वारा जानकारी

टर्कीमा भूकम्पः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, नेपाली सुरक्षित रहेको एनआरएनएद्वारा जानकारी

वि.सं.२०७९ माघ २३ सोमवार ०८:००

काठमाडौं, माघ २३ गते । टर्कीमा आएको भूकम्पमा परी दर्जनौँ...