back

अमेरिकासँग बन्दी आदानप्रदानको सहमति भएको छ –इरान

काठमाडौं, फागुन २९ गते । इरानले अमेरिकासँग दुवै देशका जेलमा रहेका आफ्ना र अमेरिकी नागरिकहरुको आदानप्रदानको सहमति भएको जनाएको छ । इरानका विदेशमन्त्रीले सो कुराको जानकारी दिएका छन् । तर अमेरिकाले भने यस कुराको खण्डन गरेको छ ।

इरानले दुई देशका बीचमा बन्दी आदानप्रदानको सहमति भएको जनाएको केही समयमा नै अमेरिकाले सो सहमति नभएको प्रतिक्रिया दिएको समाचारमा जनाइएको छ ।अघिल्लो हप्ता नै अमेरिकासँग सो सहमति भएको इरानले सोमबार जनाएको छ । इरानका विदेशमन्त्री हुसैन अमिर–अब्दुल्लाहीनले सो कुराको जानकारी सोमबार एक टेलिभिजनमार्फत् दिएका थिए ।

इरानको सरकारी समाचार समिति आइआरएनले इरानका विदेशमन्त्रीको भनाइलाई उद्धृत गर्दै दिएको समाचारमा उनले यदि अहिले भएको सहमति अनुसार नै प्रक्रिया अघि बढ्यो भने आगामी केही दिनमै यी दुई देशका बन्दी एक आपसमा आदानप्रदान गर्न सकिने बताएका छन् ।

दुबै देशले गत वर्ष सन् २०२२ को मार्च महिनामा नै सहमति गरेका र अहिले त्यो सहमति बमोजिम इरानका जेलमा रहेका अमेरिकी र अमेरिकाका जेलमा रहेका इरानी बन्दी आदानप्रदानको काम अबका केही दिनमा हुने उनको भनाइ थियो । तर उता अमेरिकाले भने सो सहमतिको नजिक नपुगिएको जनाएको छ।


प्रधानमन्त्री दाहाल नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षी लेखीले गरिन् स्वागत

प्रधानमन्त्री दाहाल नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षी लेखीले गरिन् स्वागत

वि.सं.२०८० जेठ १७ बुधवार १०:४८

काठमाडौं, १७ जेठ । भारतको चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री...

नागरिकता विधेयक प्रमाणीकरण हुँनु स्वागतयोग्य, तर प्रक्रिया मिलेनः मनिष झा

नागरिकता विधेयक प्रमाणीकरण हुँनु स्वागतयोग्य, तर प्रक्रिया मिलेनः मनिष झा

वि.सं.२०८० जेठ १७ बुधवार १०:२७

काठमाडौं, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता (पहिलो...

एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

वि.सं.२०८० जेठ १७ बुधवार १०:१४

काठमाडौं, १७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले...

कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान

कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान

वि.सं.२०८० जेठ १७ बुधवार १०:००

विराटनगर, १७ जेठ । कोशी प्रदेश नामांकनको विरोधमा आन्दोलन चर्किरहेका...

२८ कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो कालोसूचीमा

२८ कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो कालोसूचीमा

वि.सं.२०८० जेठ १७ बुधवार ०९:१२

काठमाडौं, १७ जेठ । २८ निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई सार्वजनिक...

आयोजनाको मर्मतपछि मेलम्चीको पानी काठमाडौँ पठाइयो

आयोजनाको मर्मतपछि मेलम्चीको पानी काठमाडौँ पठाइयो

वि.सं.२०८० जेठ १७ बुधवार ०९:०२

काठमाडौं, १७ जेठ । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ...