back

इरान र बेलारुसबीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सम्झौता

काठमाडौं, फागुन ३० गते । इरान र बेलारुसबीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सात वटा सम्झौता भएका छन् । दुवै देशले आपसी सहयोगसम्बन्धी मार्गचित्र मस्यौदा गरी व्यापार, कृषि, संस्कृतिलगायत सात वटा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

इरानी राष्ट्रपति इब्राहिम रायसी उनका बेलारुसी समकक्षी अलेक्ज्याण्डर लुकासेन्को यहाँ आयोजित एक कार्यक्रममा पारस्परिक सहयोगको मार्गचित्रमा हस्ताक्षर गरेको इरानी राष्ट्रपतिको कार्यालयको वेबसाइटमा उल्लेख छ । दुवै देशका राष्ट्रपतिको उपस्थितिमा प्रत्यर्पण सम्झौतालगायत आपसी सहयोगसम्बन्धी सम्झौतामा इरानी र बेलारुसी अधिकारीले हस्ताक्षर गरेका जनाइएको छ ।

हस्ताक्षर समारोहपछि बेलारुसका राष्ट्रपतिसहित आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति राइसीले आफ्ना बेलारुसी राष्ट्रपतिको इरान भ्रमणले दुई देशबीचको सम्बन्ध विस्तारमा नयाँ आयाम थपिएको बताएका छन् । उनले पश्चिमा मुलुकको प्रतिबन्ध र धम्कीका बाबजुद पनि इरानले प्रतिकूल परिस्थितिलाई अवसरमा परिणत गर्दै प्रगतिको दिशामा आफूलाई अघि बढाउन सफलता मिलेको बताएका छन् । साथै उनले आफ्ना अनुभव बेलारुससँग आदानप्रदान गर्न इरान तत्पर रहेको बताएका छन् ।

इरान र बेलारुस एकपक्षीयताको विरुद्धमा रहेका, स्वतन्त्र देशहरूबीचको प्रभावकारी एवम् रचनात्मक सम्बन्धबाटै प्रतिबन्धलाई परास्त गर्न सकिने विचार व्यक्त गर्दै इरानी राष्ट्रपतिले सहकार्य र साझेदारीमा जोड दिनुभयो । बेलारुसका राष्ट्रपति लुकासेन्को उच्चस्तरीय प्रतिनिधिमण्डलमो नेतृत्व गर्दै आइतबार तेहरान आइपुगेका हुन ।


नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै

नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:३०

काठमाडौं, २५ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो...

युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, दोषारोपण गर्दै रुस–युक्रेन

युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, दोषारोपण गर्दै रुस–युक्रेन

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:२१

काठमाडौं, २५ जेठ । दक्षिणी युक्रेनमा ठूलो जलविद्युत बाँध काखोभका...

आजको तरकारी तथा फलफूलको मूल्य, खरबुजा प्रतिकेजी ४० रुपैयाँ

आजको तरकारी तथा फलफूलको मूल्य, खरबुजा प्रतिकेजी ४० रुपैयाँ

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:०९

काठमाडौ, २५ जेष्ठ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर, युरो १४१ रुपैँया बढी

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर, युरो १४१ रुपैँया बढी

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:५७

काठमाडौं, २५ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी...

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:४६

काठमाडौं, २५ जेठ । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि...

भ्यान खाल्डोमा खस्दा अफगानिस्तानमा २४ जनाको मृत्यु

भ्यान खाल्डोमा खस्दा अफगानिस्तानमा २४ जनाको मृत्यु

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:४२

काठमाडौं, २५ जेठ । अफगानिस्तानमा भ्यान दुर्घटनामा पर्दा २४ जनाको...