back

आजदेखी बाणिज्य बैंक, बिकास बैंक र फाइनान्सको ब्याजदर घट्यो

काठमाडौं, चैत १ गते । ।बदलिदो परिस्थीतिलाई ध्यान दिएर अन्ततः वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले घटाएको ब्याजदर आज देखी लागु भएको छ ।वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घ, बिकास बैंकर्स, नेपाल वित्तीय संस्था सङ्घले चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरे अनुसार आजबाट लागु भएको हो ।

चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलब चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भए अनुसार ब्याजदर घटाइएको सङ्घका अध्यक्ष सुनिल केसीले बताएका छन् । जसअनुसार बैंकहरुले कर्जामा आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेकामा अब एक प्रतिशत घटेर आधार दरमा पाँच प्रतिशतसम्म प्रिमियम दर कायम भएको छ । यस्तै निक्षेपतर्फको साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिनेछन भने यसअघि साधारण बचतमा न्यूनतम ६ ४२ देखि अधिकतम ८४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो भने मुद्दती निक्षेपको ब्याजदर भने स्थिर छ, हालसम्म बैंकहरुले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन्।

संस्थागततर्फ ९ प्रतिशत र ‘रेमिट्यान्स’ मुद्दती खातामा १२ प्रतिशत नयाँ ब्याजदर तोकिएको छ ।यसैगरी विकास बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर शून्य दशमलव २५ प्रतिशतसम्म घटाएको छ भने एकवर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम गरेको छ।

यसैगरी, चैतमा एकवर्षे वा सोभन्दा माथिको संस्थागत मुद्दती निक्षेपमा ९.६० प्रतिशत र साधारण बचतमा न्यूनतम ६.१० प्रतिशतदेखि आठ दशमलव ६० प्रतिशत ब्याजदर दिनेछन् ।उता, नेपाल वित्तीय संस्था सङ्घ (फाइनान्) ले मुद्दती निक्षेपको ब्याज दर शून्य दशमलव २० प्रतिशतले घटाएको छ।

सङ्घले तीन महिना माथिको निक्षेपको ब्याज दर शून्य दशमलव १५ प्रतिशत घटाउने निर्णय गरे अनुसार चैत १ गते देखी लागु हुने गरी ब्याजदर घटाएको हो ।फाइनान्स कम्पनीहरुले एक वर्षको मुद्दती निक्षेपमा १२ दशमलव १० प्रतिशत ब्याज दिँदै आएकामा चैत १ गतेदेखि ११ दशमलव ९० प्रतिशत ब्याजदर कायम भएको छ ।

 


पार्टीविरुद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको छ :  रवि लामिछाने

पार्टीविरुद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको छ :  रवि लामिछाने

वि.सं.२०८० जेठ २७ शनिवार ०६:५५

काठमाडौं, २७ जेठ । आफ्नो पार्टीले २०८४ मा सबै खाले...

पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

वि.सं.२०८० जेठ २७ शनिवार ०६:३८

काठमाडौं, २७ जेठ । पौडी खेल्ने क्रममा डुबेर दुई बालकको...

कांग्रेसले जनतासँग सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता छ : शेखर कोइराला

कांग्रेसले जनतासँग सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता छ : शेखर कोइराला

वि.सं.२०८० जेठ २७ शनिवार ०६:२३

काठमाडौं, २७ जेठ । कांग्रेस कमजोर नभएको नेपाली कांग्रेसका नेता...

शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचत : नेपाल राष्ट्र बैंक

शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचत : नेपाल राष्ट्र बैंक

वि.सं.२०८० जेठ २७ शनिवार ०५:४८

काठमाडौं, २७ जेठ । नेपाल राष्ट्र बैंकले गत वैशाखसम्ममा शोधनान्तर...

गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता

गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता

वि.सं.२०८० जेठ २७ शनिवार ०५:३७

काठमाडौं, २७ जेठ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी...

चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामाः नेपाल राष्ट्र बैंक

चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामाः नेपाल राष्ट्र बैंक

वि.सं.२०८० जेठ २७ शनिवार ०५:२१

काठमाडौं, २६ जेठ । चालु खाता ५४ अर्ब ६७ करोड...