पर्यटन उद्योग बिस्तारै लयमा फर्किएको छ –पर्यटनमन्त्री किराँती

वि.सं.२०७९ चैत १ बुधवार

काठमाडौं, चैत १ गते । पर्यटन उद्योग बिस्तारै लयमा फर्किएको बताएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले छन् । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनको संयुक्त आयोजनामा काठमाडौंमा शुरुवात भएको क्षेत्रीय कार्यशाला गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै लयमा फर्किन थालेको पर्यटन उद्योगको प्रवद्र्धनका लागि उद्योगको विकास, बिस्तार र विविधिकरण गर्न आवश्यक रहेको बताएका छन् ।
पर्यटनमन्त्री किराँतीले नयाँ गन्तव्यस्थलको खोजि गर्ने, लगानी बढाउने, एकीकृत पर्यटन पूर्वाधारको विकास गर्ने, प्रविधिकरण गर्ने तथा पर्यटन उद्योगबाट प्राप्त लाभलाई ग्रामिण तहसम्म वितरण गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् । राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा पर्यटन क्षेत्रको प्रवद्र्धनमार्फत संख्यात्मक तथा गुणात्मक रुपमा पर्यटक आवागमनमा वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, प्राप्त लाभको समन्यायीकरण वितरण गरी गरिबी निवारण गर्नुपर्ने पर्यटनमन्त्री किराँतीको भनाई छ ।
पर्यटनमन्त्री किराँतीले पर्यटनको विकासबाट आर्थिक क्रियाकलापमा अभिवृद्धि गरी रोजगारी सिर्जना गरी गरिबी निवारण गर्ने, क्षेत्रीय विकास तथा आर्थिक वृद्धि हाँसिल गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पयर्टन प्रवद्र्धनमार्फत संख्यात्मक तथा गुणात्मक रुपमा पर्यटक आवागमनमा वृद्धि गर्नको लागि सही सूचना र तथ्यांक आवश्यक पर्ने बताएका छन् ।
प्रकाशित समय : ०५:३६ बजे