विप्लव र कर्णजित नेतृत्वको दुई पार्टीबीच एकता, आज पत्रकार सम्मेलन गर्दै

वि.सं.२०७९ चैत १ बुधवार

काठमाडौं, चैत १ गते । कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी) र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच पार्टी एकता हुने भएको छ ।
आज दिउँसो २ बजे यसबारे जानकारी दिनपत्रकार सम्मेलनको आयोजना गरिएको नेकपाका प्रचार विभाग इन्न्चार्ज अनिल शर्माले जानकारी दिएका छन् । उनका अनुसार दिउँसो २ बजे कमलादीस्थित प्रज्ञा भवनमा पार्टी एकताबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
प्रकाशित समय : ०६:२४ बजे