तीन दिनभित्र कर्मचारीको विवरण बुझाउन मन्त्रालयको निर्देशन

वि.सं.२०७९ चैत १ बुधवार

काठमाडौं, चैत १ गते । उपभोक्ताको हित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको मुख्यसचिव शङ्करदास बैरागीले बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा बोल्दै उनले उपभोक्ताको हितमा वस्तु तथा सेवामा सुधारका लागि कानुनी, नीतिगत संरचना बनाइने बताएका छन् । उनले यसका लागि तीन वटै तहसँग सहकार्य र समन्वयन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।
मुख्यसचिव बैरागीले दुर्गम क्षेत्रका नागरिकमा पनि उपभोग्य वस्तु तथा सेवाबारे सचेतना पु¥याउनु जरुरी रहेको भनाइ राखेका थिए । “हामी सबै उपभोक्ता हौँ। हाम्रा साझा अधिकार, परिणाम प्राप्त गर्नका लागि स्वप्रेरित भई स्वस्थ र स्वच्छ वस्तु तथा सेवा प्रयोग गर्नका लागि सबैले आ–आफ्नो कर्तव्य पूरा गरी असल अभ्यास ल्याउनुपर्दछ”, उनले भने । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक होमनाथ भट्टराईले कार्यक्रममा विभागका कार्यसम्पादन प्रस्तुत गर्दै अनुगमन कार्र्य सङ्घीय संरचनामा सञ्चालन गरिएको बताएका छन् ।
प्रकाशित समय : १०:१६ बजे