बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७९ चैत २ बिहीवार

काठमाडौं,चैत २ गते । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला एक हजारले बढेको छ। आज छापावाला सुन एक लाख ६ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला पाँच रूपैयाँले बढेको छ। बुधबार प्रतितोला एक हजार तीन सय रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय पाँच रूपैयाँमा कारोबार भएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय पन्ध्र अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित समय : ०५:४६ बजे