back

विवाह गर्दा ध्यान दिनु पर्ने कुराहरु

काठमाडौं, चैत ४ गते । विवाह जिवनको सबै भन्दा चुनौती पुर्ण कार्य हो । असल जिनव साथीको आगमनले घर सोर्ग सरह हुन्छ भने गलत जिनसाथीको आगमनले घरमा कलह मच्चिन्छ । त्यसैले विवाह गर्दा वा जिवन साथै चुन्दा निकै ध्यान दिनु पर्छ । विवाह विभिन्न प्रकारका हुन्छन् ।

मागि विवाह।भागि विवाह,प्रम विवाह,कानुनि विवाह आदि हुन । विवाह गर्नु जीवनको सबै भन्दा महत्वपूर्ण निर्णय हो । त्यसैले विवाह गर्दा धेरै कुरामा विचार पुर्याउनु गर्छ । यदि असल जीवन साथि जीवनमा आयो भने घर नै स्वर्ग बन्छ ।

कसैले प्रेम विवाह गर्छन्, कसै मागी गर्छन । प्रेम विवाहमा केटा–केटी एकअर्कासँग राम्ररी परिचित हुन्छन् । मागी विवाहमा भने केटा–केटीलाई एकअर्काबारे धेरै कुरा थाहा हुँदैन । त्यसैले बिहे गर्नुअघि एकअर्कालाई मन पर्ने९नपर्ने कुरामा ध्यान दिनुपर्छ ।

 

हुन लागेको जीवनसाथी बिहेका लागि तयार छन्–छैनन्, बुझ्नुपर्छ । पहिलो पटक भेट्दा मात्र होइन दुई–चार पटकको भेटमा पनि उनको इच्छाबारे जान्नुपर्छ । पारिवारिक दबाबमा गरिरहेको भए बिहे नगर्दा ठीक हुन्छ । बिहे गर्न लागेको केटा–केटीलाई मन पर्ने–नपर्ने कुराबारे बुझ्नुपर्छ । बिहे गर्नुअघि एकअर्कालाई राम्ररी बुझ्न जरुरी हुन्छ ।

कुराकानी गर्दा हुन गइरहेको जीवनसाथीसँग सहज महसुस हुन्छ कि हुँदैन, त्यसमा पनि ध्यान दिनुपर्छ । बिहे गर्न लागेको मान्छेले अर्काको भावनाको सम्मान गर्छन्–गर्दैनन्, यो पनि हेर्नुपर्छ । उनले अरूसँग गर्ने व्यवहारबाट सम्मान गर्छन्–गर्दैनन् भनेर बुझ्न सकिन्छ । वैवाहिक जीवनमा उतार–चढाव आइरहन्छन् । तिनको सामना गर्न आफूले विवाह गरिरहेको मान्छे सक्षम छन्–छैनन्, बुझ्नुपर्छ ।

हिन्दू समाजमा नाता तय गर्नुअघि केटा तथा केटीको कुण्डली मिलाउने चलन छ । कम्तीमा पनि २० गुण मिले कुरा अघि बढाइन्छ तर गुण मिल्दैमा नाता पछिसम्म राम्रो र सफल हुन्छ भन्ने छैन । जोडीका लागि गुण मात्र नभएर स्वभाव बढी महत्वपूर्ण हुन्छ । जोडीमा एउटा आगो र अर्को पानी भए सम्बन्ध समझदारीपूर्वक अघि बढ्छ । दुवै पानी भए सम्बन्ध अझ राम्रो हुन्छ तर दुवै आगो अर्थात् रिसाहा भए जीवन नरक बन्छ । किनभने सम्झौता दुवैलाई मान्य हुँदैन । जे होस् कुण्डलीभन्दा पनि स्वभाव तथा बानी–व्यहोरा राम्रो हुनु जरुरी हुन्छ ।

अहिले केटाकेटी दुवै कामकाजी हुन्छन् । नेपाली समाजमा अझै पनि केटीभन्दा केटा बढी पढेलेखेको तथा राम्रो जागिरे हुनुपर्छ भन्ने मान्यता रहिआएको छ । आफ्नो सुरक्षित भविष्यका लागि हुने श्रीमान्को जागिर तथा पढाइ कस्तो छ बुझ्नु जरुरी छ । सरकारी तथा प्राइभेट कहाँ काम गर्ने हो त्यो पनि थाहा पाउनु जरुरी हुन्छ ।

कतिपय अवस्थामा श्रीमान्–श्रीमतीको उमेरमा अन्तर हुनुपर्छ भन्ने कुरालाई गम्भीर रूपमा लिइँदैन । कतिपयले यसलाई गम्भीर रूपमा पनि लिने गरेका छन् । कम्तीमा पनि ३ देखि ५ वर्षको अन्तर मान्य हुनुपर्छ । कतिपयको त १० वर्षको अन्तर पनि हुन्छ । केटाकेटीमा उमेरको अन्तर बढी नभए स्वभाव तथा आपसी तालमेल राम्रो हुन्छ । महिला तथा पुरुष शारीरिक रूपमा पनि स्वस्थ हुनु जरुरी हुन्छ ।

विवाह स्वच्छन्दता, यौन स्वतन्त्रता तथा मनोरञ्जनको लाइसेन्स मानिन्छ । यद्यपि एउटा कुरा राम्रोसँग बुझ्नुपर्छ विवाह जिम्मेवारी हो । यसलाई जीवनको अन्त्यसम्म निर्वाह गर्नुपर्छ । विवाहको सात फेरोपछि जीवन वयस्क हुन्छ । यस्तो विन्दुमा पुगेपछि जीवनमा गम्भीरता आउँछ । त्यसैले विवाहलाई मनोरञ्जनका रूपमा होइन जिम्मेवारीका रूपमा लिनुपर्छ ।

जीवनसाथीलाई जीवनभर साथ दिनु तथा साथ रहनुपर्छ । विवाहपछि जीवनसाथीको पारिवारिक संस्कार के छ, रीतिरिवाज के छ, सोच कस्तो छ सबै कुरा जान्नु जरुरी छ ।

विवाहजस्तो गम्भीर विषयमा भावी दम्पतीको स्वास्थ्य कस्तो छ रु जानकारी राख्नुपर्छ । विदेशतिर विवाहपूर्व रगत, एचआइभी तथा अन्य परीक्षण गराउने चलन पनि छ । यसो भए वैवाहिक जीवन निर्वाध रूपमा अघि बढ्छ र स्वस्थ वैवाहिक जीवन बिताउन सकिन्छ ।

कतिपय मानिसमा धूम्रपान तथा मध्यपान गर्ने बानी हुन्छ । यस्तै अन्य कुराको पनि बानी हुन्छ । अरू महिलाका बारेमा के सोच्छ रु आफूभन्दा ठूलालाई इज्जत गर्छ कि गर्दैन रु आफ्नो करिअरप्रति कत्तिको गम्भीर छ रु भावी सन्ततिका बारेमा के सोच्छ रु यी सबै कुरा सुन्दा असहज लागे पनि यो गम्भीर विषय हो ।

विवाहपछि कतिपय श्रीमान्–श्रीमतीको पहिले गर्लफ्रेन्ड वा ब्वाईफ्रेन्ड भए ती कुरा बिर्सेर नयाँ जीवन सुमधुर ढंगमा अघि बढाउनुपर्छ । श्रीमान्ले श्रीमतीको रुचि तथा श्रीमतीले श्रीमान्को रुचि बुझेर अघि बढे जीवन सुखी हुन्छ ।


लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:४३

काठमाडौ, २५ जेष्ठ । लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने...

नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै

नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:३०

काठमाडौं, २५ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो...

युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, दोषारोपण गर्दै रुस–युक्रेन

युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, दोषारोपण गर्दै रुस–युक्रेन

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:२१

काठमाडौं, २५ जेठ । दक्षिणी युक्रेनमा ठूलो जलविद्युत बाँध काखोभका...

आजको तरकारी तथा फलफूलको मूल्य, खरबुजा प्रतिकेजी ४० रुपैयाँ

आजको तरकारी तथा फलफूलको मूल्य, खरबुजा प्रतिकेजी ४० रुपैयाँ

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:०९

काठमाडौ, २५ जेष्ठ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर, युरो १४१ रुपैँया बढी

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर, युरो १४१ रुपैँया बढी

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:५७

काठमाडौं, २५ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी...

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:४६

काठमाडौं, २५ जेठ । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि...