रुसको राजकीय भम्रण गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङ

वि.सं.२०७९ चैत ६ सोमवार

काठमाडौं, चैत ६ गते । आज चिनियाँ राष्ट्रपति सी जिनपिङले रुसको राजकीय भम्रणमा जाँदै छन् । रुसले युक्रेन आक्रमण गरेको एक वर्षपछि चिनियाँ राष्ट्रपतिको रुस भ्रमणलाई महत्त्वका साथ हेरिएको छ। चीन र रुस नजिकका मित्र हुन् ।
यो भ्रमणमा सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच विभिन्न विषयमा संवाद तथा सम्झौता हुने बताइएको छ। युक्रेनमाथि रुसले आक्रमण गरेपछि चीनले रुसको पक्षधरता देखाएको छ। परम्परागत मित्रतालाई मूर्तरुप दिने र ठूलो महत्त्व बोकेको यो भ्रमणले चीन र रुसबीचको रणनीतिक पारस्परिक विश्वास र सहयोगलाई प्रगाढ बनाउने चिनियाँ सञ्चारमाध्यमले ग्लोबल टाइम्सले उल्लेख गरेको छ।
प्रकाशित समय : ०४:५५ बजे