back

संविधानमा भएको अपाङ्गतासम्बन्धी अधिकार कार्यान्वयनमा चुनौती देखिएको छ–प्रकाश पन्थ

काठमाडौं, चैत ६ गते ।अपाङ्गतासम्बन्धी भएका अधिकार कार्यान्वयनमा चुनौती देखिएको राष्ट्रियसभाका सदस्य प्रकाश पन्थले बताएका छन् । विश्व डाउन सिण्ड्रोम दिवसको अवसरमा डाउन सिण्ड्रोम समाज नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले संविधानमा भएको अपाङ्गतासम्बन्धी अधिकार कार्यान्वयनमा चुनौती देखिएको उल्लेख गरेका छन् ।

“अपाङ्गता भएका व्यक्तिको हक तथा अधिकारसम्बन्धी कानुनी व्यवस्था छ”, दिगो विकास तथा सुशासन समितिका सभापति समेत रहेका पन्थले भने, “अहिलेको समस्या ऐन कार्यान्वयन हो ।” उनले दिगो विकासको लक्ष्य प्राप्तिमा अपाङ्गता भएका समुदायको अवस्थाबारे छलफल गर्न सरोकारवालालाई आह्वानसमेत गरेका छन् ।

“दिगो विकासको लक्ष्य प्राप्तिमा अपाङ्गता भएका समुदायको अवस्था र चुनौती विषयमा छलफल र अन्तरक्रिया आवश्यक छ”, उनले भने। सरोकारवालाको सुझाव लिन आफूहरु तयार भएको भन्दै संसद् सचिवालयमै आएर छलफल गर्न समेत उनले आग्रह गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय अपाङ्गता महासङ्घ नेपालका महिला उपाध्यक्ष अनिता घिमिरेले अपाङ्गता भएका व्यक्तिका लागि सामूहिक वकालत जरुरी भएको बताएका छन् । “हामी वर्षौदेखि अपाङ्गता भएका व्यक्तिप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न लागेका छौँ”, उनले भने, “सबै प्रकारका अपाङ्गता भएका व्यक्तिले सामूहिकरुपमा एकअर्काका लागि वकालत गर्नुपर्छ ।”

समाजले विश्व डाउन सिण्ड्रोम दिवसका अवसरमा दुई दिने गोष्ठी आयोजना गरेको छ । गोष्ठीमा समावेशी शिक्षा र जीविकोपार्जन विषय समेटिने समाजकी अध्यक्ष शिला थापाले बताए । “हाम्रो उद्देश्य बौद्धिक अपाङ्गता तथा डाउन सिण्ड्रोम भएका व्यक्तिको समावेशी शिक्षा तथा जीविकोपार्जन क्षेत्रलाई सशक्त बनाउनु हो”, उनले भने,“दुई दिने गोष्ठी उहाँहरुको भविष्यलाई सुनिश्चित तथा आत्मनिर्भर बनाउनका लागि आवश्यक नीतिगत विषयमा केन्द्रित हुनेछ ।”

सामान्यतयाः मानिसको शरीरका कोषमा रहने ४६ वटा क्रोमोजोमहरु २३ वटा जोडीमा विभाजित हुन्छन् । तर डाउन सिण्ड्रोम भएको अवस्थामा २१औँ जोडीमा दुई वटाको सट्टा तीन वटा क्रोमोजोम हुन्छन् । जसलाई अङ्ग्रेजीमा ‘ट्राइसोमी २१’ पनि भनिन्छ ।


लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:४३

काठमाडौ, २५ जेष्ठ । लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने...

नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै

नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:३०

काठमाडौं, २५ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो...

युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, दोषारोपण गर्दै रुस–युक्रेन

युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, दोषारोपण गर्दै रुस–युक्रेन

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:२१

काठमाडौं, २५ जेठ । दक्षिणी युक्रेनमा ठूलो जलविद्युत बाँध काखोभका...

आजको तरकारी तथा फलफूलको मूल्य, खरबुजा प्रतिकेजी ४० रुपैयाँ

आजको तरकारी तथा फलफूलको मूल्य, खरबुजा प्रतिकेजी ४० रुपैयाँ

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:०९

काठमाडौ, २५ जेष्ठ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर, युरो १४१ रुपैँया बढी

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर, युरो १४१ रुपैँया बढी

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:५७

काठमाडौं, २५ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी...

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:४६

काठमाडौं, २५ जेठ । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि...