back

आगामी दिनमा देशको राष्ट्रियता र समृद्धिका लागि निरन्तर लागिरहने छु –नन्दबहादुर पुन

काठमाडौं, चैत ६ गते । उपराष्ट्रपति पदमा निर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई बधाई दिँदै निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । पुनले आफ्नो कार्यकाल टुंगिँदै गर्दा पुनले आफ्नो कार्यकाल सफल र सुखद बनाउन सहयोग गर्ने सबैलाई धन्यवादसमेत व्यक्त गरेका हुन् । आगामी दिनमा देशको राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र समृद्धिका लागि निरन्तर लागिरहने उनले बताएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै पुनले दुई कार्यकाल गरी ७ वर्ष ५ महिना उपराष्ट्रपति पदमा रहँदा आफ्नोसँग सौहार्द र सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गरेका छन् । संवैधानिक परिधिमा रहेर संविधानको रक्षा, पालन तथा राष्ट्रिय एकता र भौगोलिक अखण्डताका लागि इमानदारीपूर्वक काम गर्दै उपराष्ट्रपति पदको गरिमा बढाउने कोसिस गरेको बताएका छन् ।

उनले आफुलाई उपराष्ट्रपतिमा निर्वाचित गरेर कार्यकाल सफल बनाउन समेत सहयोग गर्ने राजनीतिक दलहरूप्रति धन्यवाद ज्ञापन गरेका छन् । कार्यकाल सफल र सुखद बनाउन पूर्ण सहयोग गर्ने नेपाल सरकारप्रति धन्यवाद व्यक्त गरेका छन् । उनले जारी गरेका विज्ञप्तिमा भनेका छन्, यस अवधिमा उपराष्ट्रपतिको कार्यालयमा रही कार्यसम्पादन गर्ने कर्मचारीहरू, निजी सचिवालयका सदस्यहरूलाई धन्यवाद दिन चाहन्छु । सुरक्षा प्रदान गर्ने नेपाली सेना, सुरक्षा समन्वय गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग तथा सुरक्षा निकायका अधिकृत तथा सदस्यहरूलाई धन्यवाद दिन चाहन्छु । सञ्चार क्षेत्र, विभिन्न संघ संस्था र आम नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सहयोग र सद्भावका लागि हृदयदेखि धन्यवाद छ ।’

 


पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

वि.सं.२०८० जेठ २७ शनिवार ०६:३८

काठमाडौं, २७ जेठ । पौडी खेल्ने क्रममा डुबेर दुई बालकको...

कांग्रेसले जनतासँग सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता छ : शेखर कोइराला

कांग्रेसले जनतासँग सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता छ : शेखर कोइराला

वि.सं.२०८० जेठ २७ शनिवार ०६:२३

काठमाडौं, २७ जेठ । कांग्रेस कमजोर नभएको नेपाली कांग्रेसका नेता...

शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचत : नेपाल राष्ट्र बैंक

शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचत : नेपाल राष्ट्र बैंक

वि.सं.२०८० जेठ २७ शनिवार ०५:४८

काठमाडौं, २७ जेठ । नेपाल राष्ट्र बैंकले गत वैशाखसम्ममा शोधनान्तर...

गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता

गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता

वि.सं.२०८० जेठ २७ शनिवार ०५:३७

काठमाडौं, २७ जेठ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी...

चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामाः नेपाल राष्ट्र बैंक

चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामाः नेपाल राष्ट्र बैंक

वि.सं.२०८० जेठ २७ शनिवार ०५:२१

काठमाडौं, २६ जेठ । चालु खाता ५४ अर्ब ६७ करोड...

जुनियर एनटिआर र रामचरणसँग सहकार्य चाहन्छन् क्रिस हेम्सवर्थ

जुनियर एनटिआर र रामचरणसँग सहकार्य चाहन्छन् क्रिस हेम्सवर्थ

वि.सं.२०८० जेठ २७ शनिवार ०५:१०

काठमाडौं, २७ जेठ । मार्बल सिनेम्याटिक युनिभर्समा ‘थोर’ बनेर सबैका...