back

राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि राष्ट्रिय सहमतिको खाँचो छ –देवेन्द्र पौडेल

काठमाडौं, चैत ६ गते । राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि राष्ट्रिय सहमतिको खाँचो रहेको नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले निर्वाचनबाट प्राप्त जनमतले दलहरु एकताबद्ध भएर जानुपर्छ भन्ने देखाएको बताएका छन् ।

“सबै राजनीतिक दललाई एकताबद्ध बनाएर लैजानुपर्ने अहिलेको जनमत छ, मिलेर जाने भन्ने अहिलेको जनमत हो, राष्ट्रपति जस्ता देशको प्रमुख पद सहमतिमा गरौँ भन्दा एमालेका नेताहरु किन भाग्नुभयो ? सहमतिमै राष्ट्रपति, उपराष्ट्रपति चयनमा मिलेर जान सकिँदैन थियो ? ”, उनले प्रश्न गरे ।

सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन, देशका यावत समस्या समाधान गर्न अहिले राष्ट्रिय सहमतिको खाँचो रहेको जनाउँदै उनले त्यही लक्ष्य हासिल गर्न प्रधानमन्त्रीले सुरुदेखि नै राष्ट्रिय सहमतिको विषय उठाउँदै आउनुभएको स्पष्ट पारेका छन् । “फेरि पनि यो देशमा सहमतिको आवश्यकता छ । जनताको जनमत जोगाएर पाँच वर्ष टिकाउनका लागि दल एकताबद्ध हुनु जरुरी छ । पाँच वर्षसम्म या सांसद सकुशल जोगाएर देशको यावत् समस्या समाधान गर्न प्रधानमन्त्रीले राष्ट्रिय सहमति खोज्नुभएको हो”, उनले भने ।

एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई राष्ट्रिय सहमतिबाट भागेर नभई मिलेर देशका समस्या समाधान गर्न आह्वान गर्दै उनले वर्तमान सरकारलाई विश्वासको मत दिन सम्पूर्ण राजनीतिक दललाई आग्रह गरेका छन् ।


नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै

नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:३०

काठमाडौं, २५ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो...

युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, दोषारोपण गर्दै रुस–युक्रेन

युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, दोषारोपण गर्दै रुस–युक्रेन

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:२१

काठमाडौं, २५ जेठ । दक्षिणी युक्रेनमा ठूलो जलविद्युत बाँध काखोभका...

आजको तरकारी तथा फलफूलको मूल्य, खरबुजा प्रतिकेजी ४० रुपैयाँ

आजको तरकारी तथा फलफूलको मूल्य, खरबुजा प्रतिकेजी ४० रुपैयाँ

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:०९

काठमाडौ, २५ जेष्ठ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर, युरो १४१ रुपैँया बढी

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर, युरो १४१ रुपैँया बढी

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:५७

काठमाडौं, २५ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी...

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:४६

काठमाडौं, २५ जेठ । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि...

भ्यान खाल्डोमा खस्दा अफगानिस्तानमा २४ जनाको मृत्यु

भ्यान खाल्डोमा खस्दा अफगानिस्तानमा २४ जनाको मृत्यु

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:४२

काठमाडौं, २५ जेठ । अफगानिस्तानमा भ्यान दुर्घटनामा पर्दा २४ जनाको...