back

अन्नपूर्ण पदमार्गमा बढ्दै पर्यटक

काठमाडौं,चैत ११ गते । चक्रीय अन्नपूर्ण पदमार्गमा तीन महिनामा दुई हजार चार सय ७५ विदेशी पर्यटक आएका छन् । सन् २०२३ को जनवरीदेखि हालसम्म सो सङ्ख्यामा विदेशी पर्यटक आएका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार यतिबेला दैनिक ४०÷५० जना पर्यटक आउने गरेका छन् । “यस पदमार्गमा यतिबेला कम कम नै पर्यटक आइरहेका छन्, विश्वमा देखा पर्दै गएको आर्थिकमन्दीका कारण हुनसक्छ”, गुरुङले भने ।

कोरोना सङ्क्रमणपछि विगतमा आएकोझै पर्यटक हालसम्म आएका छैनन् । पर्यटकको कमीले पदमार्गका पर्यटन व्यवसायी चिन्तित छन् । जुर्मुराउँदै गरेको पर्यटन व्यवसाय कोरोना सङ्क्रमणले लामो समय ठप्प भयो, सङ्क्रमण हटेयता विगतमा झै पर्यटक आउन नसकेको व्यवसायी पञ्चबहादुर गुरुङले बताए । हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्ेलर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा पर्यटक आउछन् ।

मनाङका विभिन्न हिमाल तथा चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङे चौतारा हो । यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी जिल्ला जोडिएको छ ।


कांग्रेसका सभापति देउवा निवासमा नेविसंघ अध्यक्षविरुद्ध नाराबाजी

कांग्रेसका सभापति देउवा निवासमा नेविसंघ अध्यक्षविरुद्ध नाराबाजी

वि.सं.२०८० जेठ १७ बुधवार ०४:४८

काठमाडौं, १७ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित...

भारतको राजधानी नयाँ दिल्लीमा आज आँधीसहितको वर्षा हुने, ‘एलाे अलर्ट’ जारी

भारतको राजधानी नयाँ दिल्लीमा आज आँधीसहितको वर्षा हुने, ‘एलाे अलर्ट’ जारी

वि.सं.२०८० जेठ १७ बुधवार ०४:३४

काठमाडौं, १७ जेठ । भारतको राजधानी नयाँ दिल्लीमा मंगलवार साँझ...

भारत भ्रमण निस्कनु अघि चिनियाँ उच्च अधिकारीसँग प्रधानमन्त्रीको भेटवार्ता

भारत भ्रमण निस्कनु अघि चिनियाँ उच्च अधिकारीसँग प्रधानमन्त्रीको भेटवार्ता

वि.सं.२०८० जेठ १७ बुधवार ०४:२६

काठमाडौं, १७ जेठ । भारत भ्रमणमा निस्कनु केही घन्टा अघि...

बाग्मती प्रदेश सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथी छलफल गर्ने

बाग्मती प्रदेश सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथी छलफल गर्ने

वि.सं.२०८० जेठ १७ बुधवार ०४:१३

  हेटौंडा, १७ जेठ । आज बागमती प्रदेशसभा बैठक बस्दैछ...

रेशमको आममाफीविरुद्धको मुद्धामा सर्वोच्चमा आज सुनुवाइ हुँदै

रेशमको आममाफीविरुद्धको मुद्धामा सर्वोच्चमा आज सुनुवाइ हुँदै

वि.सं.२०८० जेठ १७ बुधवार ०४:०६

काठमाडौं, १७ जेठ । टीकापुर नरसंहारमाका दोषी ठहर पूर्वसांसद रेशम...

भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएकोमा अध्यक्ष ओलीको आपत्ति

भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएकोमा अध्यक्ष ओलीको आपत्ति

वि.सं.२०८० जेठ १६ मंगलवार १०:२४

काठमाडौं, १६ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा...