back

सेतो पुतलीबाट लाग्न सक्छ यस्तो भयानक रोग
काठमाडौं, चैत १२ गते । पुतली जो कोहीलाई पनि मन पर्ने प्रजाती हो । यसलाई हेरेर सबैले आनन्द दिन्छन् । यसको बनावटले सबैको मन छुने गर्छ । सेतो पुतलीका ३ सय प्रजाति हुन्छन् । त्यसमध्ये एक प्रजाति अरु भन्दा अलि खतरनाक हुन्छ ।

प्राय रातको समयमा बत्तीमा घुम्ने यस प्रजातीको पुतलीले आँखामा आक्रमण गर्ने गर्दछ । भर्खर जन्मिएकादेखि हिँडडुल गर्न नसक्ने बालबालिकाहरुलाई यसले बढी आक्रमण गर्ने गर्दछ । वि सं २०३२ सालमा २६ वर्षभन्दा मुनिका मानिसहरुमा यो रोग देखिएको थियो । शुरुमा आँखा पाक्ने रोगको संज्ञा दिइएपनि पछि विज्ञहरुले यसलाई ‘सापु’ नाम दिएका थिए ।

सेतो पुतलीका कारण आँखामा समस्या देखिएपनि के कारणले ‘इन्फेक्सन’ हुन्छ भन्ने पत्ता लाग्न सकेको छैन ।पछिल्लो समय पोखरामा यसको सङ्क्रमण धेरै देखिएको छ । दुईवर्ष अघि नै यसको सङ्क्रमणबाट पोखरामा २६ जना बिरामीले उपचार गराइसकेको हिमालयन आँखा अस्पताल पोखराका प्रमुख डा.इन्द्र महर्जनले बताउनुभयो ।

यस वर्ष पनि भदौ १६ र १७ गते गरी २ जना र पछि थप ४ जना पुतलीको आक्रमणमा परेकाले हाल ६ जनामा देखा परेको छ । शिरमा तेर्सो र शरीरमा ठाडो कालो धर्सो भएको यो सधै देखिन्न । प्राय भदौ र असोजमा देखिने गर्दछ । यसको झुसका कणहरु आँखामा पर्नासाथ आँखा रातो हुने, चिलाउने, धेरै दुख्ने, सुनिने हुँदै अन्ततः आँखा टालिने सम्भावना हुन्छ ।

२४ घण्टाभित्र उपचार नपाएमा व्यक्तिले आँखाको ज्योति समेत गुमाउने खतरा हुन्छ । समयमै अस्पताल पुर्याउन सकिएको खण्डमा भने औषधी उपचारद्वारा निको पार्न सकिन्छ ।यो प्राय सेतो बत्तीमा घुम्ने भएकाले घर वा कार्यालयमा सेतो बत्तीको प्रयोग नगर्नु नै उचित हुन्छ ।नेपालमा पहिलोपटक यो रोग पोखरामा देखिएको डाक्टरहरुको दाबी छ ।

 


पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोप्य कागजात अभियोगका ५ खास कुरा

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोप्य कागजात अभियोगका ५ खास कुरा

वि.सं.२०८० जेठ २७ शनिवार ०७:१८

काठमाडौं, २७ जेठ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार...

पार्टीविरुद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको छ :  रवि लामिछाने

पार्टीविरुद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको छ :  रवि लामिछाने

वि.सं.२०८० जेठ २७ शनिवार ०६:५५

काठमाडौं, २७ जेठ । आफ्नो पार्टीले २०८४ मा सबै खाले...

पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

वि.सं.२०८० जेठ २७ शनिवार ०६:३८

काठमाडौं, २७ जेठ । पौडी खेल्ने क्रममा डुबेर दुई बालकको...

कांग्रेसले जनतासँग सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता छ : शेखर कोइराला

कांग्रेसले जनतासँग सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता छ : शेखर कोइराला

वि.सं.२०८० जेठ २७ शनिवार ०६:२३

काठमाडौं, २७ जेठ । कांग्रेस कमजोर नभएको नेपाली कांग्रेसका नेता...

शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचत : नेपाल राष्ट्र बैंक

शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचत : नेपाल राष्ट्र बैंक

वि.सं.२०८० जेठ २७ शनिवार ०५:४८

काठमाडौं, २७ जेठ । नेपाल राष्ट्र बैंकले गत वैशाखसम्ममा शोधनान्तर...

गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता

गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता

वि.सं.२०८० जेठ २७ शनिवार ०५:३७

काठमाडौं, २७ जेठ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी...