आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

वि.सं.२०७९ चैत १९ आइतवार

काठमाडौं, चैत १९ गते । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आ.व. २०७८–०७९०’ पेस गर्ने सम्भावित कार्यसूची छ ।यसैगरी प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदन दफावार छलफल पछि पारित गर्ने अर्को कार्यसूची पनि छ ।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले त्यसको प्रस्ताव गर्नेछन् । त्यसमा परेका संशोधन प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्ने र पुनः सभापति केसीले प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।
प्रकाशित समय : ०५:०६ बजे