back

सहिद स्मारक ए डिभिजन लिगः छैटौं चरणका खेलहरु आजबाट सुरु हुँदै

काठमाडौं, चैत २० गते । आजबाट सहिद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरणका खेलहरु सुरु हुँदैछ ।लिगको छैटौं चरण अन्तर्गत सोमबार दुई खेलहरु हुँदैछ । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

च्यासल मैदानमा दुई विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्ने छन् । विभागीय डर्बी भिडन्त दिउँसो २ बजे सुरु हुनेछ ।एपीएफ आज तेस्रो जितको खोजीमा हुनेछ । एपीएफ ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।पुलिस लिगमा पहिलो जितको खोजीमा हुनेछ । पाँचौं चरणसम्म जित विहीन पुलिस पहिलो ३ अंकको योजनामा रहेको छ । पुलिस १ अंक जोडेर पुछारमा रहेको छ ।

यस्तै एन्फा कम्प्लेक्समा संकटा क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । संकटा र खुमलटारबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।संकटा दोस्रो जितको योजनामा हुनेछ । संकटा ५ खेलमा ६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।खुमलटार तेस्रो जितको खोजीमा हुनेछ । खुमलटार ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।


प्रधानमन्त्री दाहाल नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षी लेखीले गरिन् स्वागत

प्रधानमन्त्री दाहाल नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षी लेखीले गरिन् स्वागत

वि.सं.२०८० जेठ १७ बुधवार १०:४८

काठमाडौं, १७ जेठ । भारतको चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री...

नागरिकता विधेयक प्रमाणीकरण हुँनु स्वागतयोग्य, तर प्रक्रिया मिलेनः मनिष झा

नागरिकता विधेयक प्रमाणीकरण हुँनु स्वागतयोग्य, तर प्रक्रिया मिलेनः मनिष झा

वि.सं.२०८० जेठ १७ बुधवार १०:२७

काठमाडौं, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता (पहिलो...

एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

वि.सं.२०८० जेठ १७ बुधवार १०:१४

काठमाडौं, १७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले...

कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान

कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान

वि.सं.२०८० जेठ १७ बुधवार १०:००

विराटनगर, १७ जेठ । कोशी प्रदेश नामांकनको विरोधमा आन्दोलन चर्किरहेका...

२८ कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो कालोसूचीमा

२८ कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो कालोसूचीमा

वि.सं.२०८० जेठ १७ बुधवार ०९:१२

काठमाडौं, १७ जेठ । २८ निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई सार्वजनिक...

आयोजनाको मर्मतपछि मेलम्चीको पानी काठमाडौँ पठाइयो

आयोजनाको मर्मतपछि मेलम्चीको पानी काठमाडौँ पठाइयो

वि.सं.२०८० जेठ १७ बुधवार ०९:०२

काठमाडौं, १७ जेठ । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ...