back

सञ्चारमाध्यममा देखिएका समस्याहरू समाधान गर्न मन्त्रालय सधैँ तत्पर छ– सञ्चार मन्त्री शर्मा

काठमाडौं, चैत २० गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले, सञ्चार माध्यम भजन मण्डली बन्न नहुने बताएकी छन् । रेडियो नेपालको ७३ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले, देशको सूचना प्रवाह गर्ने क्षेत्र भजन मण्डली नभई जनताको आवाज भन्नु पर्ने बताएकी हुन् । उनले भनिन् ‘भजन मण्डली हुनु हुदैँन् भन्ने मान्यता अन्तर्गत प्रसारण ऐन जसरी संसद्मा गएको छ । त्यो पारित भएपछि नयाँ वातावरण हुने छ ।’

सञ्चारमाध्यममा देखिएका समस्याहरू समाधान गर्न मन्त्रालय सधैँ तत्पर रहेको उनको भनाई छ । उनले रेडियो नेपालको समग्र विकासका लागि मन्त्रालय तयार रहेको बताइन् । उनले भनिन्, ‘नयाँ तरिकाले काम गर्न के समस्या छ, बजेटको समस्या कानूनको समस्या मन्त्रालयको सहजीकरणको समस्या के छ । समस्याहरूलाई सूत्रबद्ध गरेर त्यो समस्यालाई फुकाउन मन्त्रालय सधैँ तत्पर छ हामी सधैँ अगाडि छौ । समस्याको सहजीकरण गर्न हामी तयार छौ ।’ संघीयता, लोकतन्त्र र समावेशितालाई जनताको बीचमा व्यापक रूपमा लैजाने र संविधानमा राखेका मौलिक हकका कुराहरूलाई जनताको बीचमा भरपर्दो रूपमा पु¥याउन सञ्चार माध्यमले सक्दो भूमिका खेल्नु पर्ने उनको भनाई छ ।


पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

वि.सं.२०८० जेठ २७ शनिवार ०६:३८

काठमाडौं, २७ जेठ । पौडी खेल्ने क्रममा डुबेर दुई बालकको...

कांग्रेसले जनतासँग सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता छ : शेखर कोइराला

कांग्रेसले जनतासँग सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता छ : शेखर कोइराला

वि.सं.२०८० जेठ २७ शनिवार ०६:२३

काठमाडौं, २७ जेठ । कांग्रेस कमजोर नभएको नेपाली कांग्रेसका नेता...

शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचत : नेपाल राष्ट्र बैंक

शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचत : नेपाल राष्ट्र बैंक

वि.सं.२०८० जेठ २७ शनिवार ०५:४८

काठमाडौं, २७ जेठ । नेपाल राष्ट्र बैंकले गत वैशाखसम्ममा शोधनान्तर...

गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता

गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता

वि.सं.२०८० जेठ २७ शनिवार ०५:३७

काठमाडौं, २७ जेठ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी...

चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामाः नेपाल राष्ट्र बैंक

चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामाः नेपाल राष्ट्र बैंक

वि.सं.२०८० जेठ २७ शनिवार ०५:२१

काठमाडौं, २६ जेठ । चालु खाता ५४ अर्ब ६७ करोड...

जुनियर एनटिआर र रामचरणसँग सहकार्य चाहन्छन् क्रिस हेम्सवर्थ

जुनियर एनटिआर र रामचरणसँग सहकार्य चाहन्छन् क्रिस हेम्सवर्थ

वि.सं.२०८० जेठ २७ शनिवार ०५:१०

काठमाडौं, २७ जेठ । मार्बल सिनेम्याटिक युनिभर्समा ‘थोर’ बनेर सबैका...