back

प्युठानमा ट्याक्टर र जिप दुर्घटनाः दुई जनाको मृत्यु

काठमाडौं, चैत २८ गते । प्युठानको माण्डवी गाउँपालिका ५ रम्दी चिनामा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार प्युठानकै नौबहिनी गाउँपालिका १ ठुलागाउँका २५ वर्षीय चम्फा बिक रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका चम्फाको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिजुवारले जनाएको छ । दुर्घटनामा घाइते भएका चालकसहित तीनजनाको उपचार सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको छ । रा १ त ४१ ५६ नम्बरको ट्याक्टर अनियन्त्रित भएर आज बिहान ८ बजे सडकबाट एक सय मीटर तल खसेको थियो ।

पर्वतको महाशिला गाउँपालिका ५ काउलेमा गएराति पिकअप जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महाशिला गाउँपालिका ४ पाखापानी धनुबासका ३७ वर्षीय खेम बहादुर बिक रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका बिकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो । सोमबार राति साढे ११ बजे सिमेन्ट झार्ने क्रममा ग २ च ६९० नम्बरको पिक जिप ब्याक भएर अन्दाजी २० मीटर तल खसेको थियो ।


लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:४३

काठमाडौ, २५ जेष्ठ । लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने...

नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै

नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:३०

काठमाडौं, २५ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो...

युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, दोषारोपण गर्दै रुस–युक्रेन

युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, दोषारोपण गर्दै रुस–युक्रेन

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:२१

काठमाडौं, २५ जेठ । दक्षिणी युक्रेनमा ठूलो जलविद्युत बाँध काखोभका...

आजको तरकारी तथा फलफूलको मूल्य, खरबुजा प्रतिकेजी ४० रुपैयाँ

आजको तरकारी तथा फलफूलको मूल्य, खरबुजा प्रतिकेजी ४० रुपैयाँ

वि.सं.२०८० जेठ २५ बिहीवार ०४:०९

काठमाडौ, २५ जेष्ठ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर, युरो १४१ रुपैँया बढी

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर, युरो १४१ रुपैँया बढी

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:५७

काठमाडौं, २५ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी...

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:४६

काठमाडौं, २५ जेठ । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि...