back

चितवन–२ मा रवि लामिछाने विजयी भए पुन उपचुनाव हुन्छ–योगेश भट्टराई

काठमाडौं, वैशाख ३ गते । बैशाख १० गते हुने उपनिर्वाचनमा चितवन – २ मा रवि लामिछाने विजयी भए पुन उपचुनाव हुनसक्ने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव योगेश भट्टराईले बताएका छन् । सचिव भट्टराईले गत निर्वाचनमा पनि रविले जानीजानी गल्ती गरेको बताउँदै समाजलाई नै ढाँटेको आरोप लगाएका छन् ।

चुनाव प्रचारप्रसार कार्यक्रमका लागि चितवन पुगेका सचिव भट्टराईले भने, ‘चितवन – २ मा विगतको जस्तो नतिजा आए फेरि दोस्रोपटक उपचुनाव हुन्छ । यहाँका जनतालाई दुःख दिने काम गर्नु हुँदैन’

रविले कानून उल्लङ्घन गरेकोले पुन उपनिर्वाचन गर्नुपरेको सचिव भट्टराईले बताएका छन् । अहिले उपनिर्वाचनमा पुन रवि उम्मेदवार बनेका छन् । त्यस्तै सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन् ।

उनले चितवन – २ मा एकीकृत समाजवादी र माओवादीको आफ्नो उम्मेदवार नभएकाले एमालेका उम्मेदवारलाई मतदान गरेर कम्युनिष्ट एकता र सहकार्यको सुरुवात गर्न आग्रह गरेका छन् ।


बाग्मती प्रदेश सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथी छलफल गर्ने

बाग्मती प्रदेश सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथी छलफल गर्ने

वि.सं.२०८० जेठ १७ बुधवार ०४:१३

  हेटौंडा, १७ जेठ । आज बागमती प्रदेशसभा बैठक बस्दैछ...

रेशमको आममाफीविरुद्धको मुद्धामा सर्वोच्चमा आज सुनुवाइ हुँदै

रेशमको आममाफीविरुद्धको मुद्धामा सर्वोच्चमा आज सुनुवाइ हुँदै

वि.सं.२०८० जेठ १७ बुधवार ०४:०६

काठमाडौं, १७ जेठ । टीकापुर नरसंहारमाका दोषी ठहर पूर्वसांसद रेशम...

भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएकोमा अध्यक्ष ओलीको आपत्ति

भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएकोमा अध्यक्ष ओलीको आपत्ति

वि.सं.२०८० जेठ १६ मंगलवार १०:२४

काठमाडौं, १६ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा...

सन्दीप लामिछानेको न्यायका लागि माइतीघरमा युवाहरुको प्रदर्शन (फोटो फिचर)

सन्दीप लामिछानेको न्यायका लागि माइतीघरमा युवाहरुको प्रदर्शन (फोटो फिचर)

वि.सं.२०८० जेठ १६ मंगलवार १०:०८

काठमाडौं, १६ जेठ । क्रिकेटर सन्दीप लामिछाने न्यायका लागि युवाहरुले...

रातो कितावमा भए पनि कतिपय योजना वक्तव्यमा छुटेका छन्ः अर्थमन्त्री महत

रातो कितावमा भए पनि कतिपय योजना वक्तव्यमा छुटेका छन्ः अर्थमन्त्री महत

वि.सं.२०८० जेठ १६ मंगलवार ०९:४९

काठमाडौं, १६ जेठ । बजेटमा व्यवस्था भएका कतिपय योजना वक्तव्यमा...

पाँचौं संस्करणको ‘सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड हुँने

पाँचौं संस्करणको ‘सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड हुँने

वि.सं.२०८० जेठ १६ मंगलवार ०९:३९

काठमाडौं, १६ जेठ । पाँचौं संस्करणको ‘सहारा ग्रुप सगरमाथा म्युजिक...