महामन्त्री मुकुल ढकालका चालक प्रहरीको नियन्त्रणमा

वि.सं.२०८० वैशाख ४ सोमवार

काठमाडौं, वैशाख ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सवारी चालक छतबाट खसेको घटना अनुसन्धानका लागि महामन्त्री मुकुल ढकालका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कालुराम रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक हुन् । लामिछानेका चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय दिलबहादुर थापा र कालुराम सँगै सुतेका थिए । सोमबार बिहान ४ बजे दिलबहादुर चितवनको भरतपुरस्थित उनीहरू सुतेको घरको छतबाट तल खसेर गम्भीर घाइते भएका छन् ।
प्रकाशित समय : ०७:४८ बजे