बालेन शाहविरुद्धको मुद्दा कामु प्रधानन्यायाधीश कार्कीको एकल इजलासमा

वि.सं.२०८० वैशाख ५ मंगलवार

काठमाडौं, बैशाख ५ गते । काठमाडौं महानगरपालिकाले सिंहदरबार, राष्ट्रपति कार्यालय, मन्त्रीहरूको क्वार्टर लगायतका ठाउँमा फोहोर नउठाएको भन्दै सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाइ हुँदैछ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा बालेन शाहविरुद्धको मुद्दा परेको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।
काठमाडौँ महानगरपालिकाले कानुनविपरीत फोहोर सङ्कलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर सङ्कलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर सङ्कलन र विसर्जन गर्नु पर्नेलगायतका मागसहित सोमबार अधिवक्ता पदम श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
प्रकाशित समय : ०५:३४ बजे