back

आजको मौसमःडढेलोको कारण देशका अधिकांस भागमा तुवालो देखिने

काठमाडौं, बैशाख ६ गते । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आँशिक बदली रही बाँकि भू–भागहरुको मौसम समान्यतया सफा रहेको छ। दिउँसो देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दूई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ।

सुदूर पश्चिम र लुम्बिनी प्रदेशहरुका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका केही भू–भागहरुमा तुवाँलोको संभावना रहेको छ ।राती भने देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी भु–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भु–भागमा मौसम आन्शिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दूई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ।

गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरु र बाँकी पहाडी भु–भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

साथै नेपालमा वर्षाका गतिविधि कम भए संगै डढेलोका घटनाहरु बढेको कारणले उपत्यका लगायत देशका धेरै भू–भागहरुमा तुवाँलोको संभावना रहेको छ र यसबाट वायु प्रदुषणमा वृद्दि भईरहेको देखिन्छ। त्यसैले मेघगर्जन, चट्याङ्ग, हावाहुरी, डढेलो र प्रदुषणबाट हुन सक्ने क्षति रजोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


कार्यकर्तालाई एकतावद्ध भएर अघि बढन सभापति देउवाको निर्देशन

कार्यकर्तालाई एकतावद्ध भएर अघि बढन सभापति देउवाको निर्देशन

वि.सं.२०८० जेठ २७ शनिवार ०८:३९

काठमाडौं, २७ जेठ । पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि...

नेपालले नेदरल्यान्ड्सविरुद्धको अभ्यास खेलमा टस हार्यो

नेपालले नेदरल्यान्ड्सविरुद्धको अभ्यास खेलमा टस हार्यो

वि.सं.२०८० जेठ २७ शनिवार ०८:२१

काठमाडौं, २७ जेठ । नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्यान्ड्सविरुद्ध...

नागरिकता विधेयक :  सर्वोच्चको मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणको फाइल झिकाउन आदेश

नागरिकता विधेयक : सर्वोच्चको मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणको फाइल झिकाउन आदेश

वि.सं.२०८० जेठ २७ शनिवार ०८:०६

काठमाडौं, २६ जेठ। सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणको फाइल र...

४० दिन देखी अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला

४० दिन देखी अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला

वि.सं.२०८० जेठ २७ शनिवार ०७:५३

काठमाडौं, २७ जेठ । विमान दुर्घटनामा परेका बालबालिका ४० दिनपछि...

१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान

१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान

वि.सं.२०८० जेठ २७ शनिवार ०७:३२

काठमाडौं, २७ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे...

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोप्य कागजात अभियोगका ५ खास कुरा

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोप्य कागजात अभियोगका ५ खास कुरा

वि.सं.२०८० जेठ २७ शनिवार ०७:१८

काठमाडौं, २७ जेठ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार...