चीनको अस्पतालमा आगलागीः २१ जनाको मृत्यु

वि.सं.२०८० वैशाख ६ बुधवार

काठमाडौं, बैशाख ६ गते ।
बेइजिङको एक अस्पतालमा भएको भिषण आगलागीमा परेर २१ जनाको मृत्यु भएको छ । चांगफेंग अस्पतालमा भएको सो भिषण आगलागीको घेराबन्दीमा परेका १७ जनालाई भने जीवितै उद्धार गरिएको छ । प्रहरीले आगलागी कसरी भयो ? सो बारेमा अहिलेसम्म विस्तृत जानकारी बाहिर दिएको छैन ।
यद्धपी, सो घटनाका बारेमा गम्भिर रुपमा अनुसन्धान भने गरिरहेको प्रहरीले जनाएको छ । न्युयोर्क टाइम्सका अनुसार अस्पतालमा आगलागी सुरु भए पछि कोही झ्यालमा त कोही एअर कन्डिसन माथी बसेर उद्धारका आशा गरिरहेका दृश्यले अवस्था निकै भावुक बनाएको थियो ।
उनीहरु उद्धारका प्रतिक्षामा रोइकराई गरिरहेका थिए भने कोही माथिल्लो तल्लावाट हाम फालिरहेका थिए । जीवितै उद्धार गरिरहेका तथा घाइतेहरुलाई भने नजिकैको अर्को अस्पतालमा उपचार गराईएको छ ।
प्रकाशित समय : ०३:४८ बजे